१० वर्ष जेलमा बिताएर फेरि अपराधमै

१० वर्ष जेलमा बिताएर फेरि अपराधमै

काठमाडौं : कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भोगेर निस्केका एक व्यक्तिलाई प्रहरीले ठगी अभियोगमाा पक्राउ गरेको छ। 

नक्कली सुन देखाए ठगी गरेको अभियोगमा सोलुखुम्बुका ३५ वर्षीय टासी लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। उनले हुम्लाका ग्याल्बो शेर्पालाई सुन दिने भन्दै तीन लाख ७० हजार रुपैयाँ लिएका थिए। टासीले पैसा लिएपछि हुम्लाका ग्याल्बोलाई नक्कली सुन दिएको प्रहरीले जनाएको छ। 

शेर्पाले केही वर्षअघिदेखि नक्कली सुनको कारोबार गरिरहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी यसअघि ३ पटकसम्म नक्कली सुनसहित पक्राउ परेर धरौटीमा छुट्दै आएका थिए। 

कर्तव्य ज्यान मुद्दामा २०५५ सालमा जेल परेर ११ वर्षपछि निसकेका उनले फेरि अपराधकर्म सुरु गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। 

त्यस्तै प्रहरीले मंगलबार नक्कली सुन र नक्कली डलर देखाएर ठगी गर्ने अन्य दुईजनालाई पनि मंगलबार सार्वजनिक गरेको छ। महाहनगरीय प्रहरी वृत्त गोंगबुको टोलीले पक्राउ गरेका सिन्धुलीको दूधौली–१० का कुमसिंह घिसिङ र प्रेम तामाङलाई सार्वजनिक गरिएको हो। 

दुवैले नक्कली डलर देखाएर २० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट प्रहरीले २३ हजार रुपैयाँ सुनका केही गहना पनि बरामद गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.