चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा.केसी अपरान्हदेखि इलाममा अनशन बस्दै

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा.केसी अपरान्हदेखि इलाममा अनशन बस्दै

काठमाडौं :सरकार र डा.गोविन्द केसीबीच भएको संझौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ। समितिको बुधबार बसेको बैठकले पारित गरेको हो। 

२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन्।कांग्रेस सांसद गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग संझौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए।उनले डा. केसीसँग गरिएको संझौता अक्षरश:कार्यान्वयन हुनुपर्ने माग गरेका थिए।

उनको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप-समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य  छलफल गरी पारित गरेका थिए। बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले संझौता अनुसार विधेयक पारित गरिएको दावी गरे।

सरकारसँग भएको संझौताविपरित विधेयक पारित भएपछि डा.केसी अपरान्ह ४ बजेदेखि इलाममा अनशन बस्दैछन्।उनले अनशन कहाँ बस्ने सोको बारे भने निर्णय भएको छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.