काभ्रेमा बलात्कारका घटना बढ्दै, अधिकांश आफन्तबाटै पीडित

काभ्रेमा बलात्कारका घटना बढ्दै, अधिकांश आफन्तबाटै पीडित

बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय बलात्कारको घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा उल्लेख छ। बलात्कृत हुनेमा अधिकांश महिला तथा बालबालिका आफन्तबाट पीडित हुने गरेको तथ्याङ्कमा उल्लेख छ।पनौती नगरपालिका- १२ स्थित भुमिडाँडा- की १७ वर्षीय रोसनी (नाम परिवर्तन) दुई वर्षदेखि लगातार बावुबाटै बलात्कृत भएपछि उनी गर्भवति भइन्। त्यसपछि उनी गर्भमा रहेको दुई महिनाको भूर्ण हत्या गर्न बाध्य भइन्।

बावुले घरमा कोही नभएको मौका छोपी तीन वर्ष अघिदेखि रोशनीलाई लगातार बलात्कार गर्दै आएका थिए। पटक-पटक  उनका बावुले मदिरा सेवन गरी बलात्कार गर्दै आएको र आफूले घटना लाज र डरका कारण सार्वजनिक गर्न आँट समेत गर्न सकिनन्। अतिनै भएपछि उनले विदेशमा रहेकी आफ्नी सानीआमालाई फोन गरी घटना बाहिर ल्याएको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छन्।
 

त्यस्तै जिल्लाकै तेमाल गाउँपालिका-१ स्थित गत असार २० गते राति देच्छेलिङ्ग गुम्बा परिसरमा नौ वर्षीया एलिशा तामाङको बलात्कार पछि हत्या भएको थियो। मृतक एलिसाको नातामा फूपू मिना तामाङले परपुरुषसँग पटक-पटक यौन सम्बन्ध राखेको देखेपछि घटना लुकाउन उनको बलात्कार पछि हत्या भएको थियो। 

मिनाले बारा बारागढी गाउँपालिका- ६ का २३ वर्षीय जोखन मन्सुरसँगको मिलोमतोमा नाजायज सम्बन्ध लुकाउन बालिकाको बलात्कार पछि हत्या गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

यस्तै बालिका मात्र नभई ५७ वर्षीया वृद्धा पनि सामूहिक बलात्कारको सिकार भएका छन्। बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको किनारामा ५७ वर्षीया नानुमाया मगरलाई ६ जनाको समूहले पालैपालो बलात्कार हुँदा उनको मृत्यु भएको थियो।

यी त प्रतिनिधि घटना मात्र भए।माथिका घटना हेर्दा जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको सजिलै अनुमान गर्न सकिन्छ। तीन वर्षको अवधिमा ६१ जबरजस्ती र ३७ वटा प्रयासका घटना भएको जिल्ला प्रहरी कार्यलय काभ्रेको तथ्याङ्कमा उल्लेख छ। जसमा अधिकांश १५ वर्ष मुनिका बालबालिका समेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा जबरजस्ती करणीका १७ र जबरजस्तीको प्रयासमा १० वटा घटना भएका थिए। आव ०७३/०७४ मा जबरजस्ती करण १७ र प्रयासका १२ घटना भएका थिए, भने आव २०७४/०७५ मा सो संख्या बढेर जबरजस्ती करणीका २७ र प्रयासका १५ घटना घटेका थिए।

घटना बढ्नुको मुख्य कारण अधिक मात्रामा मदिरा तथा लागूपदार्थको सेवन, सूचना प्रविधिको गलत प्रयोग, लोभलालच, गरिबी, करकाप, अशिक्षा, सामाजिक सुरक्षाको अभावमा हुने गरेका जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए। 

बालविवाह र बहुविवाह बढ्दै
जिल्लामा पछिल्लो समय बालविवाह र बहुविवाहका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार आव २०७३/०७४ मा बहुविवाह १४ वटा भएका थिए। भने  आव २०७४/०७४ मा सो संख्या बढेर २२ पुगेको हो। 

बालविवाहमा समेत वृद्धि भएको छ। जसमा आव २०७३/०७४ मा शून्य रहेको घटनामा आव २०७४/०७५ मा बढेर दुईवटा बाल विवाहका घटना रहेको जिल्ला प्रहरी कार्यालयका काभ्रेको तथ्याङ्कमा उल्लेख छ। बालविवाह,र बहुविवाह बढ्नुमा सामाजिक कुरीति, अन्धविश्वास, समाजिक सञ्जालको गलत प्रयोग, बैदेशिक रोजगारी, गरिबी र चेतनाका कमीले घटना बढेको एसपी रविराज खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.