संयोजक थापाको प्रतिवेदनमा छलफल गर्न विवेकशील साझाले डाक्यो केन्द्रीय समिति

संयोजक थापाको प्रतिवेदनमा छलफल गर्न विवेकशील साझाले डाक्यो केन्द्रीय समिति

काठमाडौं : विवेकशील साझा पार्टीले पुस ३० गते केन्द्रीय समितिको बैठक डाकेको छ। संयोजक उज्ज्वलबहादुर थापाले मूल्यमान्यताको राजनीतिमा ह्रास आएको तथा पार्टीमा शक्तिको केन्द्रीकरण भएको लगायतका विषय उठाएपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बैठकको मूल कार्यसूचिको जानकारी सहित केन्द्रीय समितिका सबैलाई जानकारी गराइसकिएको जानकारी दिए।

‘बैठकमा मूलरुपमा पार्टीमा उत्पन्न गतिरोध र अन्यौल तथा एकीकरणपछि पार्टीको समग्र समीक्षाबारेको एजेन्डा तय गरिएको छ’, आचार्यले भने। यसबाहेक बैठकमा समन्वय समितिका निर्णयहरू अनुमोदन गर्ने कार्यसूचि छ।

सोमबार बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक आवश्यकताअनुसार लम्बिन सक्ने उनले बताए।

पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्षसहित संयोजक थापाले पार्टी सदस्यहरूलाई १८ पृष्ठ लामो प्रतिवेदनमा पठाई राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्। उनले अब पार्टीमा नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने पनि बताएका छन्। पढ्नुस् के छ उज्ज्वल थापाको १८ पृष्ठ लामो प्रतिवेदनमा ?

सडक अभियानहरूबाट चर्चामा आएको थापाको नेतृत्वमा रहेको विवेकशील पार्टी र पूर्व पत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा गठित साझा पार्टीबीच २०७४ साउन १९ गते एकता भएको थियो। एकीकरणपछि बनेको 'विवेकशील साझा पार्टी' मा थापा र मिश्र दुबै संयोजक छन्।


>>> मूल्यको राजनीति हामीबाट पनि हुन सकेन : उज्ज्वल थापाको अन्तर्वार्ता


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.