महिला राष्ट्रिय टोलीको घोषणा
काठमाडौं : थाईल्यान्ड क्रिकेट बोर्डको आयोजनामा यही सनिबारबाट सुरु हुने थाईल्यान्ड टीट्वेन्टी उमन्स स्म्यास क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
प्रतियोगिताका लागि रुबीना क्षेत्री बेलबासेको कप्तानीमा १४ खेलाडीको घोषणा गरिएको हो । नेपाली टोलीमा पुराना खेलाडीको बाहुल्यता देखिएको छ ।
टोलीमा उपकप्तान सीता राना मगर, करुणा भन्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कबिता कुँवर, डोली भट्ट, ममता कुमारी चौधरी र बिन्दु रावलले राष्ट्रिय टोलीको अन्तिम १४ मा स्थान बनाएका छन् । आरतीले लामो समयपछि कमब्याक गरेकी हुन् भने डोलीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् ।
रीतु कनौजीया, सुमन बिष्ट र सबनम राई बैकल्पीक खेलाडीमा परेका छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी बिनोद कुमार दाशले हेर्ने छन् । टोलीसँगै ब्यवस्थापकको रुपमा अमृता पौडेल तथा फिजियो सकुना दानी पनि टोलीसँगै थाईल्यान्ड जाने छन् । नेपालले शनिबार तान्जानीयाबिरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै जनवरी १४ तारिखमा नामिबीयाबिरुद्ध, जनवरी १५ तारिखमा इन्डोनेशियाविरुद्ध, जनवरी १६ मा कुवेतविरुद्ध खेल्ने छ ।