माघे संक्रान्तीमा सार्वजनिक बिदा

माघे संक्रान्तीमा सार्वजनिक बिदा

पोखरा : गण्डकी प्रदेश सरकारले मगर र थारु जाति लगायतको पर्व माघे संक्रान्तीका दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेको छ। 

मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। 

यसअघि गण्डकी सरकारले गुरुङ जातिको पर्व लोसारको अवसरमा पुसे पन्ध्रममा बिदा दिएको थियो। उक्त बिदामा पनि संघीय सरकार मातहतका सरकारी कार्यालय र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारको निर्णय अस्वीकार गरेका थिए। 

गण्डकी प्रदशेमा मगर जातिको जनसंख्या ४ लाख ५२ हजार ५ सय ९० छ। थारु ४१ हजार १ सय ५९ छन्। २४ लाखभन्दा बढी जनसंख्यामध्ये मगर १८ प्रतिशत छन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.