शिवपुरीमा रक क्लाइम्बिङका लागि १९ रुट तयार
काठमाडौं : उपत्यकाको नजिकै सहासिक खेल ‘रक क्लाइम्बिङ’ का लागि १९ वटा रुट निर्माण भएका छन्। पर्यटन व्यवसायी आङपासाङ शेर्पाले शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको प्राकृतिक ढुङ्गा (पहरा) मा ‘रक क्लाइम्बिङ’ खेल्न १९ रुट निर्माण गरेका हुन्।
१८ वर्षदेखि रक क्लाइम्बिङ विस्तारको अभियानमा लागेका शेर्पाले करिव ३० लाख बढी लगानी गरी शिवपुरी क्षेत्रमा १९ रुट निर्माण गरेको बताए। ढुङ्गालाई खोपेर डोरीमा झुण्डिन मिल्ने गरी सामग्रीहरू जडान गरिएको छ। निकुञ्जले पनि शेर्पाले गरेको योग्दानको कदर गरी प्रसंसापत्र दिएको छ।
ट्रेकिङ गाइड समेत रहेका शेर्पाले सहासीक खेल पदयात्रा र पर्वतारोहणका लागि नभई नहुने भएकाले ‘रक क्लाइम्बिङ’ विस्तार मुख्य भएको उनले बताए।