प्रसाईं चुप बसे, डा.केसी र गगन बोले

प्रसाईं चुप बसे, डा.केसी र गगन बोले

काठमाडौं : बहुचर्चित राष्ट्रिय चिकित्सा विधेयकले संचालनका लागि बाटो खुले पछि बी एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईं खुशी छन्। 

संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भएको विधेयकलाई संसद्‍ले अनुमोदन गरे उनको लगानी रहेको कलेजले विद्यार्थी भर्ना गर्न पाउने छ। ‘यस बारेमा म अहिले केही बोल्दिन’, उनले भने। 

चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता अनुरुप जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बुँदा समेटेको बताएका छन्।

यसअघि प्रसाई‌को घरमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले मार्सी चामलको भात खाएका थिए। डा. केसीले भने, ‘सरकारले गरेको सम्झौतामा धोका दिएको छ। मार्सी चामलको भात खाएवापत त्यसको मूल्य चुकाउनका लागि विधेयक पारित गर्ने बेला धोका दियो।’ 

विधेयकका बारेमा भने कांग्रेसले कडा प्रतिक्रिया व्यक्त गरेको छ। समिति सदस्य एवं नेपाली कांग्रेसकी  सांसद्‍ चित्रलेखा यादव र गगनकुमार थापाले पारित विधेयकप्रति असहमति व्यक्त गर्दै फरक मत राखेका छन्। 

विधेयकको दफा १३ को उपदफा ६ मा यस ऐन प्रारम्भ भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भन्ने बुँदा राख्न कांग्रेसका सांसद्‍ले प्रस्ताव गरेका छन्। 

यो बुँदा समावेश गर्ने हो भने बी एण्ड सीले सम्बन्धन पाउँदैन। काठमाडौं विश्वविद्यालयबाट कलेज संचालनको लागि बी एण्ड सीले आशयपत्र पाएको छ। तर, काठमाडौं विश्वविद्यालयले यस अघि नै पाँच वटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ।  

चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय  नीति तर्जुमा उच्च स्तरीय कार्यदलको प्रतिवेदन,२०७२ मर्म भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरि भन्ने वाक्यांश थप्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.