निर्मलाकी आमा दुर्गादेवीको रगत नमूना सङ्कलन

निर्मलाकी आमा दुर्गादेवीको रगत नमूना सङ्कलन

भीमदत्तनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको रगतको नमूना सङ्कलन गरिएको छ।

निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी थिइन्। प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ।

‘घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,’ दुर्गादेवीले भने, ‘आवश्यक परीक्षणका लागि आग्रह गर्दछु।‘

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मानेका छैनन्। दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको बताइन्।

प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताए।

निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो। उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.