अफ्रिकन वर्ष खेलाडी अवार्ड पाएपछि नाचे सलाह

अफ्रिकन वर्ष खेलाडी अवार्ड पाएपछि नाचे सलाह

लन्डन : इजिप्टका मोहमद सलाहले सन् २०१८ को अफ्रिकन वर्ष खेलाडी अवार्ड जितेका छन्। २६ वर्षीय सलाहले लगातार दोस्रो पटक यो अवार्ड हात पारेका हुन्। इङ्लिस क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने सलाहले अवार्ड जित्ने क्रममा सेनेगलका साडियो माने र गाबोनका पियर एमरिक एउबामियाङलाई पछि पारेका थिए। सेनेगलमा मंगलबार राति आयोजित विशेष समारोहबीच सलाहलाई अवार्ड प्रदान गरियो।

सलाहले इजिप्टलाई रुस विश्वकपमा छनोट गराउन महŒवपूर्ण योगदान गरेका थिए। क्लब फुटबलमा पनि सलाहले गत वर्ष उत्कृष्ट प्रदर्शन गरे। लिभरपुलका लागि सलाहले गत सिजन ४४ गोल गरेका थिए। सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुल गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। सलाहले गत डिसेम्बरमा बीबीसी अफ्रिकन वर्ष खेलाडी अवार्ड पनि जितेका थिए। उनले बीबीसी अवार्ड पनि लगातार दोस्रो पटक जितेका हुन्।

सलाह यसपटक अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन्। ‘म सानैदेखि यो अवार्ड जित्ने सपना देख्थेँ। अहिले आएर लगातार दुई पटक अवार्ड जित्दा निकै खुसी लागेको छ’, सलाहले भने। अवार्ड समारोहमा सलाह नाचेका पनि थिए।

यसैगरी उत्कृष्ट महिला खेलाडीको अवार्ड दक्षिण अफ्रिकाकी थेम्बी कागतल्नाले जितिन्। उत्कृष्ट युवा खेलाडीको अवार्ड मोरक्कोका असरफ हामिमी, उत्कृष्ट प्रशिक्षकको अवार्ड मोरक्कोका हार्वे रिनार्ड, उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड दक्षिण अफ्रिकाकी डेसिर्रे इलिस, उत्कृष्ट टिम अवार्ड माउरिटेनिया र उत्कृष्ट महिला टिम अवार्ड नाइजेरियाले जितेको छ। यसैगरी अफ्रिकन फुटबल महासंघले सन् २०१९ को अफ्रिका कप अफ नेसन्स आयोजनाको अधिकार इजिप्टलाई दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.