फ्रेन्च लिग कपको क्वार्टरफाइनलबाट बाहिरियो पीएसजी, नेमारको गोल अर्थहिन

फ्रेन्च लिग कपको क्वार्टरफाइनलबाट बाहिरियो पीएसजी, नेमारको गोल अर्थहिन

पेरिस : घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको ब्राजिलियन स्टार नेमारको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कपमा भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ।  पीएसजीलाई बिहीबार बिहान खेलिएको क्वार्टरफाइनल खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ग्विनगाम्पले २—१ गोलले हरायो। आफ्नै मैदानमा खेलिएको खेलमा पीएसजीका लागि नेमारले गोल गरे पनि टोलीको हारसँगै त्यो अर्थहिन सावित भयो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६३ औं मिनेटमा नेमारले पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पीएसजीको त्यो अग्रता लामो समय कायम रहन सकेन। 
त्यसपछि १० मिनेटको बीचमा पेनाल्टीमार्फत लगातार दुई गोल फर्काउँदै ग्विनगाम्पले नतिजालाई आफ्नो पक्षमा पार्‍यो। ग्विनगाम्पका लागि ८१ औं मिनेटमा यनी एनबाकोटोले र इन्जुरी समयमा मार्कुस थुरमले जवाफी गोल गरे। थुरम फ्रान्सका चर्चित फुटबलर लिलियन थुरमका छोरा हुन्। 

जितसँगै ग्विनगाम्प प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो। खेलको अन्तिम समयमा नेमारले रेफ्रीबाट पहेँलो कार्ड पाएका थिए। घरेलु फ्रेन्च लिगमा भने यो सिजन पीएसजी उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म अपराजित छ। १७ खेलबाट ४७ अंक बटुलेको पीएसजी तालिकाको दोस्रो स्थानमा आसिन लिलीभन्दा १३ अंकले अगाडि छ। त्यसमाथि दोस्रो स्थानमा आसिन लिलीले पीएसजीभन्दा दुई खेल बढी खेलिसकेको छ।

घरेलु लिगमा निराशाजनक प्रदर्शन गरिरहेको मोनाको भने फ्रेन्च लिग कपको सेमिफाइनलमा पुग्न सफल भएको छ। आफ्नो समयका चर्चित खेलाडी थिएरी हेनरीको जिम्मेबारीमा रहेको मोनाकोले घरेलु मैदानमा खेलिएको खेलमा रेन्सलाई पेनाल्टी सुटआउटमा ८—७ गोलले हरायो। घरेलु लिगमा मोनाको रेलिगेसन क्षेत्र (१९औं स्थान) मा छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.