डियाजको ‘डेब्यू’ खेलमा रियलको सजिलो जित

डियाजको ‘डेब्यू’ खेलमा रियलको सजिलो जित

म्याड्रिड : कोपा डेल रे फुटबलको बिहीबार बिहान घरेलु मैदानमा खेलिएको खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। घरेलु लिग स्पेनिस ला लिगामा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियलले कोपा डेल रेको अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा लेगानेसलाई ३-० गोलले पराजित गरेको हो।

जितसँगै रियलले क्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ। पहिलो हाफको खेल सकिनुभन्दा एक मिनेटअघि रियलका लागि अनुभवी खेलाडी सर्जियो रामोसले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। यसैगरी खेलको दोस्रो हाफमा पनि रियलले विपक्षीको पोष्टमा दुई गोल ठोक्यो। ६८औं मिनेटमा रियलका लागि लुकास भासक्वेजले दोस्रो गोल गरेका थिए। ७७औं मिनेटमा भिनसियस जुनियरले तेस्रो गोल गर्दै रियललाई सजिलो जित दिलाए।

लेनानेसविरुद्धको खेलमा रियलले आफ्ना १९ वर्षीय ब्राहिम डियाजलाई पनि ‘डेब्यू’ गराएको थियो। उनी निर्धारित समयको खेल सकिनुभन्दा १२ मिनेटअघि परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए। डियाज गत साता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट एक करोड ५० लाख पाउन्डमा रियलमा आबद्ध भएका थिए। दोस्रो लेग खेल आगामी बुधबार खेलिने छ।

अर्को खेलमा बलियो एट्लेटिको म्याड्रिड भने गिरोनासँग उसैको मैदानमा १-१ गोलको बराबरीमा रोकियो। एट्लेटिकोका लागि नवौं मिनेटमा एन्टोइन ग्रिजम्यानले पहिलो गोल गरे। ३४ औं मिनेटमा गिरोनाका एन्थोनी लोजानोले बराबरी गोल फर्काए। 

यसैगरी गेटाफेले घरेलु मैदानको फाइदा उठाउँदै रियल भालाडोलिडलाई १-० गोलले हरायो भने भिल्लारियल घरेलु मैदानमै आरसीडी स्पान्योलसँग २-२ गोलको बराबरीमा रोकियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.