पौडेलविरुद्ध बागी उठेका जोशी पार्टीबाट निस्कासन

पौडेलविरुद्ध बागी उठेका जोशी पार्टीबाट निस्कासन

काठमाडौं : कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। एक वर्षअघि भएको तीन तहको निर्वाचनमा पार्टीलाई नसघाएको र तोकिएका आधिकारिक उम्मेदवारविरुद्ध छुट्टै उम्मेदवारी दिएको आरोपमा जोशीलाई साधारण सदस्यसमेत नरहने निकालिएको हो।

तनहुँमा जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए। जोशीका कारण पार्टी निर्वाचनमा पराजित भएको भन्दै पार्टी अनुशासन समितिमा उजुरी परेको थियो। जोशी निकटका नेताले भने वरिष्ठ नेता पौडेलविरुद्ध उजुरी दिएका थिए। मंगलबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग गर्नुको साटोमा जोशीले छुट्टै उम्मेदवारी दिएका र उनको प्रस्तावक एवं समर्थक बसेका सबैलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको सर्कुलर तनहुँ जिल्लालाई गरेका छन्।

गत वर्षको निर्वाचनपछि कांग्रेसभित्र व्यापक अन्तर्घात भएको भन्दै अनुशासन समितिले देशव्यापी पार्टीभित्रका उजुरी संकलन गरेको थियो। केन्द्रीय सदस्य रमेश रिजालको नेतृत्वमा रहेको समितिले पाँच सय उजुरी संकलन गरेर करिब तीन सयलाई स्पष्टीकरणसमेत सोधेको थियो। तर पछि सभापति, वरिष्ठ नेतासहित पार्टीका शीर्ष नेताले आआफ्नो क्षेत्र विशेषमा कारबाहीका लागि समितिलाई दबाब दिन थालेपछि रिजालले वैशाखमा समिति संयोजकबाटै राजीनामा दिएका थिए।

रिजालको राजीनामापछि अलपत्र अनुशासन प्रक्रियाबारे केन्द्रीय समितिले पटकपटक पूर्णता दिने प्रयास गरे पनि मिल्न सकेको थिएन। सभापति शेरबहादुर देउवालाई नै आफ्नो निर्वाचन क्षेत्रमा गृहजिल्ला डडेलधुराका सभापति कर्ण मल्लले सहयोग नगरेको समितिमा उजुरी परेको थियो। वरिष्ठ नेता पौडेलविरुद्ध उम्मेदवारी घोषणा गरेका नेता जोशीको उम्मेदवारी पौडेलले उजुरी गरेपछि रद्द गरिएको थियो। जोशीमाथिको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन रहेकाले उनको उम्मेदवारी रद्द गर्न वरिष्ठ नेता पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। आयोगले जोशीको उम्मेदवारी रद्द गरे पनि उनले पौडेलविरुद्ध निर्वाचन क्षेत्रमा खुलेरै लागेका थिए।

नेकपासँग पौडेल पराजित भएसँगै जिल्लामा पौडेल र जोशीको टकराव चुलिएको थियो। पौडेल पक्ष जोशीविरुद्ध र जोशी पक्षले पौडेलको विपक्षमा कामकारबाही गर्दै आएका थिए। पछिल्लो समयमा जोशी पक्षका नेताले पार्टीको आधिकारिक निकायलाई कुनै जानकारीसमेत नदिई जिल्ला भेला डाकेका थिए। जिल्ला भेलाको चर्चाले तनहँुमा कांग्रेस तातेको बेला केन्द्रले मंगलबार जोशी र निर्वाचताका उनको प्रस्तावक एवम् समर्थक बनेकालाई कारबाही गरेको पत्र काटेको छ।

जोशीको प्रस्तावक र समर्थकमा हरिशरण पण्डित र रामदेव पन्त थिए। पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) ख, तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरूको पार्टी सदस्यता खारेज गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.