सुल्झिएन ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद

सुल्झिएन ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद

डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र विवादको मुद्दा १० महिनादेखि सर्वोच्च अदालतमा छ। जनप्रतिनिधिहरूको काम यतिखेर सर्वोच्च धाउनेबाहेक अरू हुन सकेको छैन। गत वर्ष फागुन १६ गते जुफाल केन्द्र तोकिएपछि नगरउप्रमुख योगेन्द्रबहादुर शाहीसहित १, २, ३, ४, ५, १० र ११ नम्बर वडाका अध्यक्षले नगसभामा छलफल नै नगरी केन्द्र सारेको भन्दै चैत ५ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए।

शाहीका अनुसार केन्द्र सदरमुकाम दुनै तोके पनि ०७४ असार ३१ गतेको नगरसमितिको बैठकले जुफाल सार्ने निर्णय गरेको हो। पछि जुफालमा नगरप्रमुख गणेशबहादुर शाहीले झुक्याएर केन्द्र सारेको भन्दै उपप्रमुखले मुद्दा दायर गरेका थिए। आफूले भनेको ठाउँमा केन्द्र ल्याउन जनप्रतिनिधि १० महिनादेखि सर्वोच्च धाइरहेका छन्। उपप्रमुख शाहीले मुद्दा दायर गरेको भोलिपल्ट तारेख २३ गतेका लागि सरेको थियो। चैत ६ गतेदेखि हालसम्म नौ पटक सर्वोच्च अदालतले तारेख सारिसकेको छ।

विकासका काम ठप्प

दुनै पक्ष समर्थक वडाका जनप्रतिनिधिले जुफालको नगरसभाबाट पारित विकासका योजनासमेत स्वीकारेका छैनन्। वडा नम्बर ६ का अध्यक्ष धर्मलाल बुढा भन्छन्, ‘योजनाहरू सम्झौता हुन नसकेपछि ७ वटा वडामा विकासका कुनै पनि काम भएका छैनन्।’ दुनै पक्षका जनप्रतिनिधिले जुफालमा रहेको कार्यालय बहिष्कार गरी दुनैमा नगरको समानान्तर कार्यालय चलाएका छन्। केन्द्र विवादपछि ०७५÷७६ मा एकै नगरको दुई वटा सभा गरिएका थिए। अल्पमतको नगर कार्यपालिकाले जुफालमा बजेट पारित गरेको र यो आफूहरूलाई अमान्य हुने भन्दै दुनै केन्द्रका ७ वटा वडाध्यक्षले बताएका छन्।

प्रमुख र उपप्रमुखबीच आरोप–प्रत्यारोप

बहुमत सदस्यलाई लत्याउँदै गैरकानुनी तरिकाले नगरप्रमुख गणेश शाहीले नगरसभा सञ्चालन गरिरहेको आरोप उपप्रमुख शाहीले लगाएका छन्। मेयर शाहीले भने, ‘कर्णाली रोजगारलगायत सबै योजना सम्बन्धित वडाध्यक्षले सिफारिस गरी सञ्चालन भइरहेको र चार वटा वडाले मात्र विनियोजन रकम लिएका छैनन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.