कपाल मुन्डन गरेरै आमाको किरिया बसिन् पूर्वसांसद

कपाल मुन्डन गरेरै आमाको किरिया बसिन् पूर्वसांसद

काठमाडौं : अचेल महिलाहरुले पनि बा-आमाको निधनमा काज किरिया गर्ने चलन यदाकदा देखिन थालेको छ ।

समाजको पुरातन संस्कारलाई चुनौती दिँदै उनीहरुले गर्ने किरियालाई लैंगिक विभेद् हटाउने पहलको रुपमा पनि टिप्पणी हुन्छ । यस्तैमा संविधानसभा सदस्य तथा सभासद उषाकला राईले आफ्नी आमाको मृत्युमा काज किरिया सुरु गरेकी छन् ।

हिजो पुस २५ गते आमा लक्ष्मी राईको निधनपछि पशुपति आर्यघाटमा दाह संस्कार गरेर कपाल मुन्डन नै गरी उषाकलाले १३ दिने काज किरियामा बस्ने निधो गरेकी हुन् । वैदिक संस्कारको रुपमा पुरुषले किरिया गर्ने चलन भए पनि उषाकलाले उक्त संस्कार हटाउँदै किरिया बसेकी हुन् । उनको यस्तो कदमलाई उषाकलाकै श्रीमान संघीय सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले लैंगिक विभेद् विरुद्ध पहलको रुपमा व्याख्या गरेका छन् ।

तामाङले उषाकलालाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्, ‘आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भने पनि पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भए पनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

पहिलो संविधानसभाको मौलिक अधिकार समिति अन्तरगत लैंगिक उपसमितिको संयोजकको रुपमा संविधानमा महिलाको वंशको हक लेखाउन राईको भुमिका थियो । उनको यस्तो कदमलाई स्मरण गर्दै सांसद तामाङले प्रसंसा पनि गरेका छन् ।

सभासद राई आमाको निधनको आज दोस्रो दिन काठमाडौंको जोरपाटीस्थित निवासमै किरिया बसिरहेकी छन् । तामाङले बताए अनुसार उषाकलाले वैदिक संस्कार अनुसार पाचौँ दिन जन्मथलो खोटाङको दिक्तेल नगरपालिकामा लगेर पितृको अस्तु सेलाउने छिन् । लक्ष्मीको एक्लो सन्तान उषाकला १३ दिनसम्म किरियापुत्रीको रुपमा कपाल मुन्डनकै अवस्थामा सेतो कपडा लगाएर बस्ने बताइएको छ । नेकपाका नेता समेत रहेका सांसद शेरबहादुर तामाङ र उषाकला राई तामाङ मन्त्री छँदा क्वार्टरकै जमिनमा तरकारी फलाएर चर्चामा आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.