प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदै

प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदै

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा भोलि पुस २७ गते भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतीय समकक्षी विपिन रावतको औपचारिक निमन्त्रणामा थापाको भ्रमण तय भएको हो ।

उनले भारतीय समकक्षी जनरल विपिन रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक थापाको भारत भ्रमण हुन लागेको हो । भ्रमणको क्रममा उनलाई २८ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने छन् । दुबै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलनको रुपमा तय गरिएको यो औपचारिक कार्यक्रम नै हो ।

साथै थापाले जयपुरस्थित ‘साउथ वेस्टर्न कमान्ड’ र लखनउको ‘सेन्ट्रल कमान्ड’को पनि भ्रमण अवलोकन गर्ने छन् । भ्रमणमा थापाकी श्रीमती साथै सैनिक ईन्टेलिजेन्स महानिर्देशक उपरथी झंकर बहादुर कडायत लगायत ७ जना रहने छन् । माघ २ गते मात्रै सेनापतिको टोली स्वदेश फर्कने विज्ञप्ति जारी गर्दै सैनिक मुख्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.