लमजुङका युवा अष्ट्रेलियाको नदीमा बेपत्ता

लमजुङका युवा अष्ट्रेलियाको नदीमा बेपत्ता

बेसीशहर : अष्ट्रेलियामा बस्दैआएका लमजुङका २१ वर्षीय विगुल पण्डित अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने एउटा नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

लमजुङ सुन्दरबजार–२१ स्थायी घर भएका पण्डित अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको परिवारका सदस्यले बताएका छन् ।

बुधबार साँझ साथीभाइसँग पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । साथीभाइसँग पानी छ्यापाछ्याप र फुटबल खेल्दाखेल्दै उनी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीको हवाला दिँदै परिवारले जनाएको छ ।

घटना लगत्तै प्रहरी र स्वयंसेवकले खोजी तिब्र बनाए पनि नदीको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको बताइएको छ । तिहारलगत्तै लमजुङ आएर एक महिनाअघि मात्रै अष्ट्रेलिया फर्केका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.