सिन्धुली आश्रमबाट बम्जनका दुई अनुयायी पक्राउ

सिन्धुली आश्रमबाट बम्जनका दुई अनुयायी पक्राउ

सिन्धुली : लिटल बुद्धका नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा प्रहरीले अनुसन्धान थालेको छ। आश्रमबाट बिहीबार प्रहरीले बम्जनका दुई अनुयायीहरूलाई नियन्त्रणमा समेत लिएको हो।

मकावनपुर, सर्लाही र सिन्धुपाल्चोकमा विशेष अनुसन्धान गरेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरेमा रहेको बम्जनको आश्रममा सोधपुछ तथा अनुसन्धानका लागि भन्दै दुई जनालाई नियन्त्रणमा लिएको हो।

सिन्धुलीका प्रहरी निरिक्षक स्याकृष्ण केसीको टोलीले बम्जनका अनुयायी भनिने मकावनपुर हर्नामाणीका इन्द्रबहादुर स्याङ्तान र हरिवन पथरकोट सर्लाहीका गोपाल योन्जनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सोधपुछका लागि राखिएको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले जानकारी दिए। ‘सिन्धुली र सिन्धुपाल्चोकबाट आएको प्रहरीको विशेष टोलीले सिन्धुली आश्रममा अनुसन्धान थालेको छ' उनले भने, 'नियन्त्रणमा लिइएका दुई जनालाई पनि अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको हो। उनिहरुमाथी बयान लिनेकाम भईरहेको छ।’

आश्रममा मकावनपुर पर्साहाका दिलबहादुर तामाङसँग समेत प्रहरीले सोधपुछ गरेको छ। उनलाई भने सोधपुछपछि आश्रममै छाडिएको बोधश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र बम्जनले जानकारी दिए।

उनका विभिन्न आश्रममा बस्दा पाँच जना उनका अनुयायी र आनीहरु बेपत्ता भएको, आश्रमका आनीहरुमाथि यौन दुव्र्यबहार गरेको जस्ता आरोपमा बम्जनमाथी किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको अनुयायी र आश्रममा अनुसन्धान थालेको हो।  

प्रहरीले छापामार शैलीमा आफ्ना अनुयायीहरुलाई नियन्त्रणमा लिएर गएको भन्दै बोधीश्रवण धर्मसंघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले आपत्ती जनाए। आश्रममा ध्यानमा बसेकाहरुलाई प्रहरीले कुनै जानकारी विनानै नियन्त्रणमा लिएको भन्दै उनले आपत्ती जनाएका हुन्। थिङले बम्जनमाथी लागेको आरोपको खण्डन समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.