हत्यारा पक्राउ गर्न आलटाल गरेको भन्दै वीरगन्जमा प्रदर्शन

हत्यारा पक्राउ गर्न आलटाल गरेको भन्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज : २६ वर्षीया माधुरी वर्णवालको हत्यारालाई कारबाही गर्न माग गर्दै बिहीबार वीरगन्जमा प्रदर्शन गरेका छन्। प्रहरीले हत्यारा पक्राउ गर्न चासो नदेखाएको भन्दै माधुरीका आफन्त र छिमेकीले प्रदर्शन गरेका हुन्। 

वीरगन्ज महानगरपालिका ६ की माधुरीको २०७४ मंसिर १७ गते नेपालगन्जका व्यवसायी गोपीचन्द्र वर्णवालका छोरा मनिष वर्णवालसँग विवाह भएको थियो  ।
विवाह भएको एक वर्षपछि पुष १७ गते राति माधुरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनका परिवारले माधुरीले आत्महत्या गरेको भनेका छन्। माइती पक्षले भने दाइजोको निहुमा परिवारले नै यातना दिएर हत्या गरेको आरोप लगाएका छन्। 

माधुरीको हत्यामा उनका श्रीमान् मनिष, ससुरा गोपिचन्द र सासु राजकुमारी देवीको संलग्नता रहेको भन्दै माइतीले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएका छन्  ।
वर्णवाल सेवा समिति पर्साको अगुवाइमा मृतक माधुरीका आफन्त र छिमेकी घण्टाघर चोकबाट जुलुश निकालेर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए। त्यहाँ उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। 

ज्ञापन पत्रमा माधुरीको हत्यामा संलग्नलाई तत्कालै पक्राउ गरी कार्वाही प्रकृया अगाडि पर्साका प्रमुख जिल्ला अधिकारीसँग आग्रह  गरेका छन्। 
पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले माधुरीका पति मनिषलाई प्रहरीले दुई दिन अघि नियन्त्रणमा लिइसकेको बताए। उनले अरु आरोपीलाई पनि पक्राउ गर्न बाँके प्रहरीले प्रयास गरिरहेको बताए।  

माधुरीका ससुरा गोपिचन्द, नेपालगन्जका प्रतिष्ठित औषधी व्यवसायी र बार एशोसियसनको सदस्य हुन्। प्रहरी र अदालतमा उनको पहुच भएकाले बाँके प्रहरीले दोषीलाइ जोगाउन चलखेल गरिरहेको मृतक माधुरीका ठुलोबुबा जयप्रकाश वर्णवालले बताए।

‘शुरुमा किटानी जाहेरी दिन जाँदा पनि बाँके प्रहरीले जाहेरी नै लिन मानेन , पछि धेरै दबाब दिएपछि मात्र प्रहरीले जाहेरी लियो’ , वर्णवालले भने, ‘गोपिचन्दको नेपालगन्जको भेरी अन्चल अस्पताल छेउमै औषधीको थोक पसल पनि छ , उनि वकील पनि हुन् , अस्पतालका डाक्टरसँग उनको हिचिम छ।’ अस्पतालबाट आउने  पोष्टमार्टम रिपोर्टप्रति पनि आशंका भएको उनले बताएका छन्।’  

मधुरीकी आमा पुष्पाले घटनाको अघिल्लो दिन माधुरीले टेलिफोन गरेर  आफूलाई ढोका थुनेर कोठामा राखेको र खानासमेत नदिएको जानकारी गराएको बताइन्  । बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले भने घटनाको अनुसन्धनमा कसैले दबाब नदिएको र प्रहरी पनि कसैको दबाबमा नपर्ने स्पष्ट पारे। बिहिबार टेलिफोनमा अन्नपूर्णपोष्टकर्मीसँग कुरा गर्दै उनले भने ,‘ प्रहरीले निष्पक्ष तरिकाले घटनाको अनुसन्धान गरिरहेको छ , दोषी कार्वाहीको दायरामा आउँछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.