प्रदेश सरकारको निर्णयमाथि थारु समुदायको असन्तुष्टी

प्रदेश सरकारको निर्णयमाथि थारु समुदायको असन्तुष्टी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले माघीमा एक दिन मात्र बिदा दिएको भन्दै थारु समुदायले असन्तुष्टी व्यक्त गरेको छ। बिहिबार विज्ञप्ति निकाल्दै थारु अगुवाहरुले प्रदेशको निर्णयमाथि असन्तुष्टी जनाएका छन्।

थारु समुदायको पर्वलाई प्रदेश सकारले बुझ्न नसकेको आरोप समेत उनीहरूले लगाएका छन्। थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघीमा तीन दिन विदा दिन प्रदेश सरकारसँग माग गरेको छ।

पुष ३०, माघ १ र २ गते सार्वजनक बिदाको माग गरिएको छ। सभाका कार्यबाहक सभापति माधव चौधरी र समाजका संयोजक दिलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले माघीमा एक दिन मात्रै विदा आपति जनएको छन्।

विज्ञप्तिमा संविधान २०७२ ले गरेको व्यवस्था पूर्ण रुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.