कर्णालीको पीडा बोल्दै ‘कचहरी’

कर्णालीको पीडा बोल्दै ‘कचहरी’

जुम्ला : खस सभ्यता र नेपाली भाषाको पहिचान बोकेका सिँजाको अस्तित्व मेटिँदै आएको छ। भेषभूषा र भाषा लोप हुँदै आएको बेला सिँजा सभ्यतालाई चलचित्रमार्फत झल्काउन खोजिएको छ। शताब्दी पुरानो वास्तविक कर्णाली र हालको कर्णालीलाई विश्वमा चिनाउन निर्माण गरिएको चलचित्र ‘कचहरी’मा सिँजा सभ्यता समेटिएको छ।

खस भाषामा निर्माण भएको चलचित्रले कर्णालीको परम्परागत सीप, शैली, कलासंस्कृति र मौलिकता झल्काउँदै पर्यटन विकासमा जोड दिएको छ। आगामी माघ २० देखि जुम्लामा प्रदर्शन हुने चलचित्रमा विगतमा कर्णालीको जीवनशैली, सामाजिक न्यायप्रणाली र खस सभ्यता कसरी सञ्चालित थियो भन्ने कुरा कचहरीमा समेटिएको चलचित्र निर्माण समूहले जानकारी दिएको छ। कर्णालीको वास्तविक जीवनशैलीमा आधारित कथानक चलचित्र ‘कचहरी’को एकहप्ते च्यारिटी सोपछि देश, विदेशमा रिलिज गर्ने तयारी भइरहेको पावर मुभिज प्रोडक्सन प्रालिले जनाएको छ।

करिब ५० लाख रुपैयाँमा निर्माण भएको चलचित्र आर्थिक अभावका कारण देशभर एकैसाथ रिलिज गर्न नसकिएको निर्देशक शक्ति परियारले बताए। चलचित्र छायांकन गर्न एक वर्ष लागेको थियो। चलचित्रको कथामा कर्णालीमा विद्यमान छाउप्रथा, जारीप्रथा र हलियाप्रथाले दिएको पीडा समेटिएको छ। चलचित्रमा खस भाषा सम्पादन हरिबाबु चौलागाईंको टिमले गरेको छ। कर्णालीका ऐतिहासिक, पर्यटकीय क्षेत्र तथा मनोरम दृश्यमा छायांकन गरिएको चलचित्रले यहाँको निर्वाहमुखी परम्परागत अर्गानिक खेती प्रणालीमा कृषकको जीवनचक्र, कामका लागि भारत कालापहाड जानुको बाध्यता सहितको सन्दर्भ पनि प्रस्तुत गरेको छ।

चलचित्रको मुख्य भूमिकामा गीता कटवाल र नवदत्त न्यौपाने, कथा लेखनमा मदन नेपाली र छायांकनमा सरोज शाही छन्। निर्देशक शक्ति परियारले भने, ‘करिब दुई घण्टाको चलचित्र कचहरीको मुख्य भूमिकामा रहेका कलाकार ठेके र चैतुको प्रस्तुत पारिवारिक जीवनशैलीले समग्र कर्णालीवासीकै अवस्था सम्बोधन गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.