दुर्घटनामा २ जनाको मृत्यु

दुर्घटनामा २ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।  छत्रदेव गाउँपालिका–७ देउरालीमा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। लु १ ज १७६८ नम्बरको जिप सन्धिखर्कबाट तम्घासका जाँदै गर्दा छत्रदेवको देउरालीमा दुर्घटना हुँदा नगरपालिका–५ बस्ने फुर्सीदेवी बमरेलको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा जीप चालक कृष्ण थापा क्षेत्रीसहित ४ जना घाइते भएको जीपमा सवार यात्रु गिता पन्थीले जानकारी दिइन्। 

दुर्घटनामा घाइते हुनेहरुमा छत्रदेब गाउँपालिका–४ का सरिता पाण्डे, चालक  दरबारदेवीस्थान गाउँपालिका–३ गुल्मी बस्ने कृष्ण थापा क्षेत्री, रेसुङ्गा नगरपालिका–७ बस्ने गिता पन्थी र सन्धिखर्क नगरपालिका–१२ बस्ने सिमकला कुवँर रहेको यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिए। घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ। घाइते २ जनालाई थप उपचारको लागी पाल्पा लगिएको छ।  

यसैगरी छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाईकल ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको छ। दुर्घटना घाइते प्युठानको मालदेवी गाउँपालिका–२ का २३ बर्षिय भरत पौडेलका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई विष्णु खनालले जानकारी दिए।

बुधबार भएको दुर्घटनामा घाइते भएका पौडेललाई सोही दिन साझँ उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.