‘क्यान इन्फोटेक’ विगत र वर्तमान

‘क्यान इन्फोटेक’ विगत र वर्तमान

पछिल्ला संस्करणमा क्यान इन्फोटेकले आफ्नो आकर्षण किन गुमाइरहेको छ ? यो प्रश्नमा कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) का अध्यक्ष हेमन्त चौरासीयाको मिठो जवाफ थियो, ‘प्रविधिसँग युवाको सहज पहुँच।’ युवामा सहज इन्टरनेटको पहुँच र अनलाइन सपिङमा बढ्दो क्रेज नै हो।’

सन् १९९२ मा क्यानको स्थापना हुँदा देशको सूचना प्रविधिको क्षेत्रलाई फराकिलो पार्ने योजना क्यानको थियो। जति सोच थियो, त्यो रूपमा क्यानको स्थापनाले नेपालको सूचना प्रविधिको विकासमा सहयोग पु¥याउन सकेन होला। हेमन्त थप्छन्, ‘तर यति चै पक्कै हो, सूचना, सञ्चार र प्रविधि क्षेत्रका सौखिनका लागि वर्षैभरि प्रतीक्षा हुन्छ यसको।’ तर, वर्षेनि हुने सूचना प्रविधि मेला क्यान इन्फोटेकले केही हदसम्म प्रविधिको जानकारी एवं चेतना साधारण मानिससम्म पु‍¥याएको छ। ‘ग्याजेटमा रुचि राख्नेका लागि त्यति बेलामा पनि यसको महत्व उत्ति नै थियो र आज पनि छ’, अध्यक्ष चौरासीया भन्छन्, ‘समयको परिवर्तनसँगै ग्राहकले रोज्ने प्लेटफर्ममा परिवर्तन भएको हो। क्यान इन्फोटेक त्यस्तो प्लेटफर्म थियो, जहाँ अवलोकनकर्ताले नयाँ प्रोडक्ट ‘टच एण्ड फिल’ गर्न अवसर पाउँथे र अझै पनि पाउँछन्।’

तर, कुनै बेला ‘टच एण्ड फिल’ का लागि यही मेला पर्खिएर बस्नुपर्ने अवस्थाबाट परिवर्तन भएर अनलाइन सहज पहुँचले यो सुविधा उपलब्ध भएको छ। अनलाइन प्लेटफर्म त्यस्तो बनेको छ, जहाँबाट हरेक नयाँ प्रोडक्टको एक–एक विषय वस्तुलाई केलाएर हेर्न सकिन्छ। यही प्लेटफर्ममा आएको परिवर्तनले नै हो क्यान इन्फोटेकको पछिल्ला केही संस्करणमा अवलोकनकर्ताको आकर्षण घटेको। क्यानले ग्राहकलाई सन्तुष्ट दिन नसकेर होइन। क्यानमा हरेक वर्ष नयाँ–नयाँ प्रविधि भित्रिएका छन्। हरेक वर्ष केही नयाँ दिने प्रयास क्यानले गरेको छ। सूचना प्रविधिको क्षेत्रमा भएको बहुआयमिक प्रभाव र बिस्तारले विश्व साँघुरो गाउँमा परिणत हुँदै गएको यथार्थलाई क्यानले पनि आत्मसाथ गर्ने कोशिस गरेको देखिन्छ। कुनै समय कम्प्युटर र मोबाइलकै लागि चिनिएको इन्फोटेकमा पछिल्लो समय सूचना प्रविधिसँग जोडिएका हरेक विषयवस्तु त्यहाँ समेटिएका छन्।

स्वदेशी तथा विदेशी कम्पनीहरू एउटै स्थानबाट पछिल्ला प्रविधिहरूको जानकारी गराउने तथा आवश्यकताअनुसार उपभोक्ताले छनोट गरेर किन्न सक्ने स्थलका रूपमा इन्फोटेक बनेको छ। मेलामा हार्डवेयर बिक्री तथा मर्मत, पावर सोलुसन, मोबाइल एस्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिफोन सेवाप्रदायक, सूचना प्रविधि अध्यापन गराउने कलेज, तालिम केन्द्र, सफ्टवेयर विकासकर्ता, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन लगायतका कम्पनीलाई क्यानले सहभागी गराउँदै आएको छ। यो एउटा क्यानले यति लामो यात्रामा हात पारेको सफलता पनि हो।

पहिलोपटक क्यान इन्फोटेक आयोजना गर्दा जम्मा ७० वटा स्टलबाट सुरु भएको क्यानमा अहिले थोरैमा पनि एक सय ७५ वटा स्टल रहने गरेका छन्। यो हिसाबले क्यानले आफ्नो बजार बिस्तार गरेकै हो भन्न सकिन्छ। बजार विस्तारसँगै ग्राहकलाई सन्तुष्टि प्रदान गर्नबाट भने केही पछि परेको देखिन्छ। ‘इतिहाससँग जोडेर हेर्न हो भने पनि हरेक वर्ष नियमित सञ्चालन हुने मेलाको सूचीमा अग्रणी तथा दर्शक सहभागिताका दृष्टिले सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक नै हो।’ क्यानका उपाध्यक्ष मेलाका सबल र दुर्बल पक्ष जेजस्ता भए पनि नेपालमा पनि ठूला मेला सञ्चालन हुन सक्छन् भन्ने उदाहरण इन्फोटेक भएको बताउँछन्। विषयवस्तु समेटिए पनि नाम ‘इन्फोटेक’ तर, त्यो अनुसार मेलामा प्रवेश गर्दा कुनै नयाँ प्रविधिले बनेको दुनियाँमा प्रवेश गरेको भान अझै पनि क्यानले दिन सकेको छैन। विविधता थपिए पनि नयाँ प्रविधिलाई जोडेर सहजता दिने खालको विकास यसअघिका मेलामा देखिएनन्।

अनलाइन प्ल्याटफर्म सरहको विकास र विश्व स्तरको मेलाको अपेक्षा नभए पनि मेलाबाट अवलोकनकर्ताले केही थप अपेक्षा गरेको भन्ने महसुस क्यान आफैंले पनि गरिरहेको क्यानकी उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले बताइन्। उनका अनुसार यो वर्षको क्यान मेलालाई मानिसको जीवनसँग जोडेर हेर्र्ने कोशिस गरिनेछ। क्यानमा प्रविधिको प्रयोग गरी मानिसको जीवनलाई पार्न सक्ने प्रभाव र त्यसको सहजताको विषयमा प्राथामिकता दिइने उनको भनाइ छ। त्यसैलाई मध्यनजर गरेर यो वर्ष प्रविधिलाई कृषि, स्वास्थ्य र शिक्षासँग जोडेर त्यसबाट हुने सक्ने सहजता अवलोकनकर्तालाई प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

विश्वमा पछिल्लो समय प्रचलनमा आएको स्मार्टहोमको परिकल्पनालाई पनि मेलामा प्रस्तुत गरिने पाण्डेले बताइन्। उनका अनुसार त्यहाँ एउटा स्मार्टहोम निर्माण गरिनेछ। जहाँ अवलोकनकर्ताले कसरी आफ्नो घरलाई प्रविधिको प्रयोग गरेर स्मार्ट र आकर्षण बनाउन सकिन्छ भनी जानकारी हासिल गर्न सक्नेछन्। ‘त्यसबाहेक पनि हामीले आर्टीफिसियल इन्टेलिजेन्स प्रयोग गरी निर्माण गरिएका रोबर्ट पनि मेलामा प्रस्तुत गरिन्छन्’, उनले थपिन्, ‘जसले गर्दा अवलोकनकर्ताले मेलाबाट पछिल्लो समय रोबोर्टको विकास र त्यसले गर्न सक्ने कामको बारेमा पनि जानकारी हासिल गर्न सक्नेछन्।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.