चेतनाभन्दा माथि पैसा हुँदैन

चेतनाभन्दा माथि पैसा हुँदैन

दिनेश गौतम गीत, संगीत र साहित्यको दुनियाँमा पुस्तक प्रसादको नामले परिचित छन्। ‘पैसा कसले बनायो’ गीतले चिनिएका उनका पैसा, शीतल, ईश्वर, चुपचाप, रुपैयाँ, धनलगायत एल्बम प्रकाशित छन्। साथै उनका ‘पुस्तक’ (गजल संग्रह), ‘फेरि गीत फेरि गजल’ प्रकाशित छन्। उनको गीत संगीतबारे समीरबाबु कट्टेलले गरेको कुराकानी :

यहाँको ‘पैसा कसले बनायो’ गीत निकै हिट भयो। रचना र संगीतमा पैसाको विषय किन उठाइरहनुहुन्छ ?

यो गीत म आफैंले गाएको र कम्पोज गरेको हुँ। पैसा आधारभूत चिज हो। तर पैसाप्रतिको मान्छेको दृष्टिकोण राम्रो छैन। पैसाकै लागि मान्छे जे गर्न पनि तयार हुन्छ। संसारभर हरेक खाले युद्ध, झगडासमेत पैसामै जोडिन्छ। पैसाकै कारण मान्छेबीच दूरी खडा हुन्छ। वर्गसमेत तयार हुन्छ। पैसाकै कारण मान्छे इमान बेच्न तयार हुन्छ। विचारबाट समेत मान्छे विचलित हुन्छ। तर यो सब कुरा भ्रम मात्र हो। मान्छेको चेतनाभन्दा माथि पैसा हुँदैन। स्वाभिमान ठूलो हुन्छ। यसले गर्दा पनि पैसालाई धेरै महत्त्व दिन्छु।

यहाँका रचना एवं गायनमा भौतिक दुनियाँभन्दा अलग्गै आध्यात्मिक संसारको परिकल्पना गरिएको हुन्छ। केबाट प्रभावित भएर हो ?

म आध्यात्मिक भनेर जात, धर्ममा विश्वास गर्दिनँ। मूर्ति पूजामा मन छैन। मान्छेभित्र एउटा चेतना हुन्छ। अध्यात्म हुन्छ। जो मानवताका लागि उपयोगी हुन्छ। मान्छे रमाउनका लागि यो धर्तीमा आएको हो। मान्छे सदैव खुसी हुनुपर्छ। आफूभित्रको खुसी खोज्न नसकेर विचलित हुने, दुःखी हुने समस्या आएको छ। यसकारण पनि म आध्यात्मिक दुनियाँ मन पराउँछु। असल कामले मान्छे पनि ईश्वर बन्न सक्छ।

तपाईंको गीत ‘कसले बेच्यो कुरान, कसले बेच्यो वेद पुरान’ को रचना गर्भबारे बताइदिनुस् न’।

आजकल धर्मलाई वर्गसँग जोडिएको छ। धर्मलाई बाँडिएको छ , बेचिएको छ। धर्मकै कारण राजनीतिक हिंसा भएका छन्। त्यसैको पृष्ठभूमिमा यो तयार भएको हो।

तपाईं आफैं गीत लेख्ने, गाउने र कम्पोजसमेत गर्नुहुन्छ। प्रतिक्रिया कत्तिको आउँछ ? नेपाली संगीतको दुनियाँमा कस्ता गीत आउनुपर्छ भन्ने लाग्छ ?

दर्शक र श्रोताको आफ्नै स्वाद हुन्छ। मान्छेले आफूसँग खुसी हुन नसकेर साधनको रूपमा गीत संगीतको प्रयोग गर्छ। गीत संगीतले मान्छेलाई परिवर्तन गर्न सक्नुपर्छ। मेरो गीतले एक जना मात्र मान्छेलाई परिवर्तन गर्न सक्यो भने म आफूलाई सार्थक ठान्छु।

तपाईंका दुइवटा नाम किन ?

मान्छे बाहिर एउटा देखिन्छ। भित्र छुट्टै हुन्छ। हरेक मान्छे भित्र अर्को मान्छे हुन्छ। म दिनेश गौतम हुँ। मभित्र पुस्तक प्रसाद छ। जो लेखन र गीतसंगीत मन पराउँछ।

तपाईंलाई साथीभाइले ‘महाराज’ भनेर बोलाउँदा रहेछन्। तपाईंको पहिरन पनि त्यस्तै छ ? संयोग मात्रै हो कि ?

म कपाल र दाह्री पाल्न मन पराउँछु। साथै पछ्यौरा ओढ्न मन पर्छ। टलक्क टल्कनेभन्दा सादा रङ मन पर्छ। मेरो रुचिका कारण पनि साथीभाइले महाराज भन्नुभएको होला।

जीवनको परिभाषा कसरी गर्नुहुन्छ ?

जीवन उत्सव हो। एकदिन दुनियाँ छाड्नुपर्ने भए पनि मान्छे नकारात्मक काममा हात हाल्छ। यथार्थ बिर्सिन्छ। त्यसकारण जीवनलाई मनोरञ्जनपूर्ण बनाउनुपर्छ। अरूलाई समेत सहयोग गर्नुपर्छ।

तपाईंलाई संगीतमा लाग्न कसले प्रेरणा दियो ?       

म संगीतमा शून्यता भेट्छु। ध्यानको चरणमा पुग्छु। जीवनमा जे सिकेँ त्यसैमा रमाए। यस्तै घटना परिघटनाले मलाई यता ल्यायो।

भर्खरै तपाईंको ‘बाँसै काटेर’ भन्ने गीत बजारमा आएको छ। त्यसमा भीमफेदी गाइज र कार्टुन क्रुलाई समेत जाडिएको छ। के यो चर्चाकै बटुल्नकै लागि हो ?

अहिले बजारको माग पनि त्यस्तै छ। राम्रो डान्सको खोजी गर्दा हामी त्यता जोडिएका हौं।

तपाईं बलिउड संगीततर्फ कसरी जोडिनुभयो ?

बलिउड संसारबारे बुझ्न मन लागेपछि त्यतातर्फ गएँ। कैलाश खेयरसँग काम गर्न सकिन्छ कि भन्ने थियो। उहाँ व्यस्त हुनुहुँदो रहेछ। पछि शानजीसँग काम गरियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.