मदिराबाट मृत्यु : ज्यान मुद्दामा तानिए उत्पादक र बिक्रेता

मदिराबाट मृत्यु : ज्यान मुद्दामा तानिए उत्पादक र बिक्रेता

जनकपुरधाम : घरेलु मदिरा पिउँदा सात जनाको मृत्यु भएको प्रकरणमा प्रहरीले ६ महिनापछि दुई जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। धनुषा कमला–६ सिंग्याही मडानका रामचन्द्र पासवान, मनिक पासवान, रामनाथ पासवान, गंगाकुमार पासवान, रामकुमार पासवान, साबिर मिया अन्सारी र राजभिर महतोको असार १३ गते मृत्यु भएको थियो।

उनीहरूले जागिर टोलका २५ वर्षीय राजेशकुमार चौधरीले उत्पादन गरेको मदिरा ३० वर्षीय धमेन्द्रकुमार मण्डलबाट किनेर पिएको खुलेको छ। मदिरा पिएको केही घण्टामै अचेत हुँदै उनीहरूको मृत्यु भएको थियो। घटनालगत्तै मदिरा चौधरी र मण्डल फरार भएका थिए।

गाउँमै लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा प्रहरीले बुधबार दुवैलाई पक्राउ गरेको थियो। उनीहरूलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। जिल्ला अदालतबाट ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी गोविन्द थपलियाले बताए। ‘सात जनाको मृत्युको कारण विषादीयुक्त मदिरा नै रहेको कुुरा अनुसन्धानबाट फेला परेको थियो’, एसपी थपलियाले भने। त्यस बेला विषादीयुक्त मदिरा पिएका कारण २१ जना सिकिस्त बिरामी परेका थिए।

मदिरा बनाउँदा रासायनिक मल, सडेगलेका लुगाजस्ता सामग्री प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। हानिकारक मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्न प्रहरी सक्रिय रहेको उनले बताए। ‘पछिल्लो ६ महिनामा हामीले १६ वटा भट्टी नष्ट गरेका छौं’, उनले भने, ‘१० हजार कच्चा र १० हजारभन्दा बढी तयार मदिरा बरामद गरी नष्ट गरेका छौं।’ तर, प्रहरीको प्रयासले मात्र अभियानमा सफलता सम्भव नरहेकाले यसमा स्थानीयको सहयोग आवश्यक रहेको उनले बताए। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रममा हामीले यो समस्यालाई प्राथमिकतामा राखेर अभियान चलाउनेछौं’, उनले भने, ‘यसमा स्थानीय तहको पनि सहयोग हुनेछ।’

मदिरा व्यवस्थित बनाउन कार्ययोजना

भद्रपुर : झापालाई माघ १ देखि ‘मदिराको व्यवस्थित कारोबार गर्ने जिल्ला’का रूपमा घोषणा गरिने भएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्य संयोजकत्वको समितिले मदिरा व्यवस्थित बनाउन कार्ययोजना तयार गरेको हो। स्थानीय तहका प्रमुख, उपप्रमुख एवं जिसस प्रमुख, झापा उद्योग वाणिज्य संघ र मदिरा व्यवसायीले कार्ययोजना पारित गरेका छन्।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना पारित गरेको आचार्यले बताए। आन्तरिक राजस्व कार्यालय भद्रपुर र दमकले माईपूर्व र माईपश्चिम क्षेत्रमा सचेतना र जानकारी दिने भएका छन्। पहिलो चरणमा इजाजत नवीकरण नगरेका करदाता र व्यवसायमा मदिराको मिश्रित कारोेबार गर्न नपाउने जानकारी दिइने उनले बताए। उनका अनुसार मदिरा खरिद–बिक्री गर्ने व्यक्तिको उमेर १८ वर्षमाथि हुनुपर्ने र स्थान हेरी कारोबार समय व्यवस्थापन गरिनेछ। यो अभियानमा सरोकारवालाको सहयोग भए दुई महिनाभित्र घरेलु मदिरा नियन्त्रण गर्न सकिने प्रजिअ दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.