विराटनगरमा विस्फोट : एक बालकको मृत्यु, एक घाइते (अपडेट )

विराटनगरमा विस्फोट : एक बालकको मृत्यु, एक घाइते (अपडेट )

विराटनगर : विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ ।शुक्रबार दिउँसो स्थानीय सुवास मण्डलको ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो। विस्फोटमा परी स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् । 

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल लगिएको छ।उनको दुबै आँखामा  चोट लागेपछि उपचारका लागि त्यहाँ लगिएको प्रहरी जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले आगो तापेर बालबालिका खेल्दै गरेको अवस्थामा विष्फोट भएको जानकारी दिए। पुरानो मोबाइलको ब्याट्री बलिरहेको आगोमा परेपछि पड्किएर घटना भएको हुनसक्ने आशंका गरिएको रानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.