डेढ वर्षमा चार सय चार स्थानीय स्थानमा पुगे बैंक
काठमाडौं : सरकारले सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने अभियान सुरु गरेको डेढ वर्षमा चार सय चार स्थानमा बैंकका थप शाखा विस्तार भएका छन्।
यस्तो अभियान सुरु गर्नुपूर्व जम्मा दुई सय ९५ स्थानमा मात्र बैंक शाखा थिए। पछिल्लो समय २८ वटा बैंकले शाखा विस्तार गरेर ६ सय ९९ पुर्याएका छन्।
अब ५४ स्थानीय तहमामात्र बैंक शाखा पुग्न बाँकी छ। अब १६ वटा बैंकले उक्त शाखा विस्तार गर्न बाँकी रहेको हो। बैंकले शाखा विस्तार गर्न नसकेको स्थान ज्यादै विकट रहेको छ।