सहरी क्षेत्रमा बढ्न थाले हिंसाका घटना

सहरी क्षेत्रमा  बढ्न थाले हिंसाका घटना

ओखलढुंगा : सहरी र चेतानास्तर बढेको क्षेत्रमै बढी हिंसाका घटना हुने गरेको तथ्य बाहिर आएको छ। सेवा, सुविधा, चेताना र शिक्षाको सहज पहुँच बढी भएका क्षेत्रमै हिंसा र अपराधका घटना बढेको प्रहरीको तथ्यांक छ।

ओखलढुंगाका ८ स्थानीय तहमध्ये सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकामा हिंसाका घटना भएको तथ्यांक बाहिर आएको हो । सिद्धिचरण ओखलढुंगाका स्थानीय तहमध्ये सहरीकरण उन्मुख र सुविधा पाउन सकिने स्थानीय तह हो।

स्थानीय तहको तथ्यांकका आधारमा सबैभन्दा धेरै प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा पर्न आउने अधिकांश उजुरीमध्ये सिद्धिचरण नगरपालिकाबाट उजुरी धेरै छन्। 

तथ्यांक हेर्दा सहरमै बढी हिंसा हुने गरेको देखिन्छ।यसबारे डीएसपी अनन्तराम शर्माले चेतनास्तर बढेको र नगरपालिका क्षेत्रमा धेरै जनसंख्य भएकाले हिंसा र अपराध पनि धेरै हुने गरेको बताए। चेतना बढेकाले हिंसा नसहने र उजुरी गर्नेको संख्या बढेकाले यस्तो तथ्यांक बाहिर आएको उनले बताए। 

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सिद्धिचरण नगरपालिकाबाट १२ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये १० वटा मिलापत्र भए। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिद्धिचरण नगरपालिकाबाट परेका १२ उजुरीमध्ये १० मिलापत्र भएको छ।  

मानेभज्याङ र सुनकोशीबाट परेका २-२ उजुरी‍मध्ये १-१ वटा मिलापत्र भए। चम्पादेवीबाट परेका ३ मध्ये २, मोलुङबाट परेका ४ मध्ये २, खिजिदेम्बाबाट परेका ४ र  चिसंखुगढीबाट परेका १ वटा उजुरी मिलापत्र भएका छन्। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा लिखु गाउँपालिकाबाट भने घरेलु हिंसाको उजुरी दर्ता भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.