पोखराको सडक पेटीमा रात बिताउने ४० को उद्धार

पोखराको सडक पेटीमा रात बिताउने ४० को उद्धार

पोखरा :  मानव सेवा आश्रम पोखराले सडक पेटीम रात बिताउन बाध्य ४० जनालाई एकै दिनमा उद्धार गरेको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेतको सहभागीतामा जाडोमा लुगलुग काप्दै सडक किनारमा सुतिरहेका तीन महिलासहित ४० जनालाई उद्धार गरिएको हो। 

उद्धार गरिएका मध्ये १५ जना बालबालिका, दुईजना आमा र एकजना बालीका रहेको मानव सेवा आश्रम गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिना जानकारी दिए। बालिकालाई पारिवारिक पुनः मिलन गराइसकेको उनले जानकारी दिए।  

उद्धार गरिएकालाई पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा राखिएको छ। उद्धार गर्न पुगेका मानव सेवा आश्रमका स्वंसेवीले चिसो मौसम पोखराको सृजनाचोकको पार्क, शिवचोकको मन्दिर छेउँ र विभिन्न स्थानका सडक पेटीमा सुतिरहेका वृद्ध, युवा र बालबालिकालाई उठाएर तातो चिया र बिस्कुट दिएका थिए। 

चिया र बिस्कुट खुवाएपछि घर ठेगना र सडकमा सुत्नु पर्ने बाध्यताका बारेमा कुरा गर्दै स्वंसेवीहरुले मानव सेवा आश्रममा जान अनुरोध गरेका थिए। 
सडक किनारमा सुतेका कोही भने सडक किनारमा आफ सुरक्षित भएको बताउँदै आफ्नै आलनमा छाड्न समेत बताएका थिए। 

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले समेत सडक किनारमा सुतेकालाई सम्झाएर आश्रममा लग्न सहयोग गरेका थिए। उद्धार गरिएका मध्ये धेरै दिउसो पोखरा बजारमा भारी बोक्ने, प्लाष्टिक टिप्ने र राति सडक पेटिमै सुत्ने बढी थिए। 

आश्रमले सडकमा मागेरसमेत खान नसक्ने असाहाय, मनोरोगीलाई उद्धार गरी खान, बस्न र उपचारसमेत गर्दै आएको छ। 

सडकमा बस्नेलाई उद्धारपछि घर ठेगना सोधेर हालसम्म ३० जनालाई परिवारसँग पुनः मिलन गराइसकेको मानव सेवा आश्रम गण्डकी प्रदेशका संयोजक तिमिल्सिना जानकारी दिए। 

२०७४ चैत १७ गते पोखरामा स्थापना भएको मानव सेवा आश्रममा अहिले विभिन्न समयमा उद्धार गरिएका ७८ जनाले आश्रय लिइरहेका छन्। 
 
सडकबाट उद्धार गरिएका धेरै जसो मानसिक अवस्था कम्जोर भएका, मनोरोगी हुने गरेको उनले बताउ। मानव सेवा आश्रम नेपालका ६ प्रदेशको १२ जिल्लाको १४ स्थानमा स्थापना भई सेवा गरिरहेको छ। 

मानव आश्रम मुठीदानबाट चेको हो। प्रदेशका स्थानीयले जन्म दिन, विवाह वर्षगाठ लगायतमा सहयोग समेत गर्ने गरेका छन्। मानव सेवा आश्रमको मुख्य उद्देश्य विदेशी सहयोग नलीइ नेपाली दाजुभाईकै सहयोगमा सेवा गर्नु रहेको पनि उनले बताए। 

पोखराको सडकमा पेटीमा रात बिताउनेलाई उद्धार गरिदै। तस्बिर : अन्नपूर्ण
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.