रबर खेती गर्न विशेष लगानी योजना

रबर खेती गर्न विशेष लगानी योजना

काठमाडौं : सरकारले रबर खेतीका लागि विशेष लगानी योजना ल्याउने भएको छ।  रबरमा आत्मनिर्भर हुन कृषि, वन र उद्योग मन्त्रालयको सहकार्यमा विशेष लगानी योजना ल्याउने तयारी भएको हो।  कृषि तथा पशुपन्छी मन्त्रालयले वन र उद्योग मन्त्रालयसँग सहकार्य गरी रबर खेती प्रवद्र्धन गर्ने भएको छ।  कृषि मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रबर खेतीमा विशेष लगानी योजना ल्याउन लागेको हो।  देशमै रबरमा आत्मनिर्भर हुन सरकारले पहिलो चरणमा रबर खेतीलाई अभियानकै रूपमा अघि बढाउने भएको हो। 

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले वन मन्त्रालयसँग समन्वय गरेर रबर खेती गर्न लागेको जानकारी दिए।  ‘रबरमा आत्मनिर्भर हुन वनभित्र रबर उत्पादन गर्ने योजना बनाएका छौं’, उनले भने।  रबर खेतीको सम्भाव्यताका लागि मन्त्री खनालले झापामा अवलोकन गरेका छन्।  ‘रबरको बहुउपयोग हुने भएकाले यसको उत्पादनमा जोड दिएका छौं’, उनले भने।  ‘अवलोकनका क्रममा रबर खेतीको सम्भावना देखियो’, उनले भने।  रुख नभएको खाली वनको जग्गामासेमत रबर खेती गर्न सकिन्छ।  ‘वन र कृषि मिलेर ठूलो परिमाणमा रबर खेती गर्न सकियो भने संमृद्ध अर्थतन्त्र निर्माण हुन्छ’, उनले भने। 

रबर उत्पादनपश्चात उद्योगसँग मिलेर प्रोसेसिङ उद्योगसमेत सुरु गर्ने सरकारको तयारी छ।  देशमा रबर खेती नहुँदा ९० प्रतिशतभन्दा बढी आयात भइरहेको छ।  रबरको उपयोग बढ्दै गए पनि उत्पादन र प्रशोधनका लागि निजी क्षेत्र तथा राज्य नै उदासीन छन्।  सम्भावना प्रचुर भए पनि रबरको उत्पादन र प्रशोधनमा लगानी बढ्न सकेको छैन।  सरकारीस्तरबाट गोरखाली रबर उद्योग स्थापना भए पनि पूर्ण सञ्चालनमा नआई बन्द हुन पुग्यो।  गोरखाली बन्द भएसँगै निजी क्षेत्रबाट समेत रबर उद्योगमा कसैको ध्यान जान सकेन।  अहिले १० अर्बभन्दा बढीको रबर आयात भइरहेको छ।  रबरको उत्पादन नहुँदा जुत्ताचप्पलमा चाहिने कच्चापदार्थ करिब ९० प्रतिशतभन्दा बढी आयात भइरहेको छ।  त्यस्तै अन्य क्षेत्रमा पनि रबर आयातमै निर्भर रहनुपरेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रबर उद्योगबारे अध्ययन गरेको छैन।  गोरखाली रबर उद्योग बन्द भएदेखि रबर प्लान्टले कच्चापदार्थ उत्पादन गर्न सकिरहेको छैन।  जुत्ता, चप्पल पेस्ट, स्टेसनरी, इरेजरलगायत सामान निर्माण गर्न रबर चाहिन्छ। 

पाँचसयलाई रोजगारी

उद्योग विभागका अनुसार देशभर आठवटामात्रै रबर उद्योग सञ्चालनमा छन्।  अहिले सञ्चालनमा रहेका रबर उद्योग मोदी रबर उद्योग (रूपन्देही), जयनारायण रबर उद्योग (बारा), पारामाउन्ट रबर उद्योग (काभ्रे), लुम्बिनी रबर उद्योग (बारा), महाशक्ति कोल्ड रिट्रेडिङ (काठमाडौं), हिमालयन रबर कर्पोरेसन (नवलपरासी), ग्रिन टायर उद्योग (मोरङ) र त्रिवेणी रबर इन्डस्ट्री (बारा) सञ्चालनमा छन्। 

ती उद्योगले पाँच सय जनालाई मात्रै रोजगारी दिएका छन्।  विभागका तथ्यांक अधिकृत सीएम न्यौपानेका अनुसार रबर उद्योगमा करिब साढे दुई अर्ब लगानी छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.