प्रहरी आउँदा जब गाउँलेहरु लुके...

प्रहरी आउँदा जब गाउँलेहरु लुके...

गंगराज पण्डित

बाजुरा : गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महिनाअघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए । प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत डरले थरथर काम्न थाले । कारण थियो पहिलो पटक गाउँमा प्रहरीको आगमन ।

प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसंग बोल्न नै सकेकन । साठी वर्षीय फुगे रोकायाले भने, ‘तमी को हौँ ? काँ जादाँ भया ? तमी हामी जसा आछिन् । कपडा पनि कसान लगायाका’

जवाफमा प्रहरी हबल्दार मनीराज भण्डारीले भने, ‘होइन हामी पनि तपाईं जस्तै मान्छे प्रहरी हौँ । हामी तपाईँहरुको गाउँ अनुगमन गर्न र तपाईँहरूकै सुरक्षाका लागि भनेर आएका हौँ ।’ 

‘हामीले प्रहरी देखेकै छैनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ, यो गाउँमा कोही पनि आउँदैन थिए’, अर्का युवा साउनी बोहराले भने, ‘अहिले भने अलिअलि आउन लागेको भए पनि हामीले प्रहरी देखेकै थिएनौँ तर पनि प्रहरी हामी जसा हुदाँ रहेछन् ।’ त्यस्तै अर्का युवा वर्षीय सौरे बोहराले भने, ‘प्रहरी हामीभन्दा फरक हुँदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारैछन् ।’

प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भए । उनीहरुले हामीलाई सबै कुरा भने । अब तपाईँहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरेको प्रहरी हबल्दार भण्डारीले बताए ।

जिल्लाको सानो गाउँ हो अन्द्राडी । त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताए ।

गौमुल गाउँपालिकाकाकै विकट वडाको रुपमा चिनिन्छ । पहिले न नेता आउँथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएकोे रोकाया बताउँछन् । ‘अन्द्राडीे निकै विकट र पिछडिएको वडाका रुपमा छ । यहाँ न टेलिफोन लाग्छ, नत रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ,’ रोकायको गुनासो थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.