सर्लाहीमा हात्ती आतंक, ७ घरमा क्षति

सर्लाहीमा हात्ती आतंक, ७ घरमा क्षति

मलंगवा : डेढ महिनादेखि सर्लाहीको जंगल छेउछाउको बस्तीमा आतंक मच्चाउँदै आएका हात्तीले  शुक्रबार राती ७ घरमा क्षति पूर्‍याएका छन्। विगत डेढ महिनामा हात्तीले करिब ४७ घरमा क्षति पूर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बिहीबार राती मात्रै ३ घरमा क्षति पूर्याएका थिए। 

आफ्नो बासस्थान छोडेर सर्लाहीको जंगलमा आएका हात्तीले शुक्रबार मध्यरातमा ईश्वपुर नगरपालिका २ मियाखोरका सत्यनारायण ब्लोन, रामप्रसाद साह, रामपृत चौधरी, सिङटोलका रामचन्द्र माझी, नथुनी माझी, कालीमान बिक र सोनेलाल महतोको घरमा क्षति पुर्या‍एको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हातीले घरको गारो भत्काएर घरमा भएका अन्न पनि नष्ट गरेको छ। 

जंगलबाट बस्ती पसेका दुई हात्तीले बाँसको टाटीले बनाएको कच्ची एक तल्ले घरमा बढी क्षति पुर्‍याएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। हात्तीको आक्रमणबाट कुनै मानवीय क्षति नभएको प्रहरी प्रमुख पोखरेलले बताए। हात्ती अहिले पूर्वतर्फ लागेको हुनाले गाउँलेलार्ई सचेत भएर बस्न उनले आग्रह गरेका छन्।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.