पार्टी फुटेपछि विवेकशील साझाको कार्यालयमा अन्तरक्रिया
काठमाडौं : शुक्रबार उज्ज्वल थापाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि विवेकशील साझा पार्टी शुक्रबार औपचारिक रुपमा फुटेको छ। पार्टी फुटेपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा अहिले अन्तरक्रिया चलिरहेको छ।
अन्तरक्रियामा अर्का संयोजक रवीन्द्र मिश्र, प्रवक्ता डा. सूर्यराज आचार्यलगायत नेताले जवाफ दिइरहेका छन्। पार्टी फुटपछि आयोजित पहिलो कार्यक्रममा बोल्दै प्रवक्ता आचार्य भावुक बनेका छन्।
शुक्रबार पार्टीका एक संयोजक थापाले १६ केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगेर विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दिइसकेका छन्।
पार्टी फुटको विषयमा धारणा सार्वजनिक गर्न पार्टीले पत्रकार सम्मेलनसँगै अन्तरक्रिया गरेको हो। अहिले पत्रकार सम्मेलनमा सहभागीले गरेका प्रश्नको जवाफ दिनेक्रम चलिरहेको छ। संयोजक मिश्र, प्रवक्ता आचार्यलगायतले पालैपालो जवाफ दिइरहेका छन्।