प्रधानसेनापति थापालाई भारतीय सरकारले दियो मानार्थ सेनापतिको दर्जा
नयाँ दिल्ली : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा पाएका छन्। भारत भ्रमणमा रहेका थापाले शनिबार राष्ट्रपति रामनाथ कोविन्दको हातबाट मानार्थ सेनापतिको दर्जा ग्रहण गरेका हुन्।
राष्ट्रपति कोविन्दले थापाको योगदानलाई कदर गर्दै उक्त मानार्थ सेनापतिको दर्जा दिएको बताएका छन्। 'नेपाली सेनामा उहाँले गर्नुभएको योगदान र नेपाल-भारतसँगको मैत्रीपूर्ण सम्बन्ध सुधारका लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय मानार्थ सेनापतिको दर्जा प्रदान गरिएको छ' कोविन्दद्वारा गरिएको ट्विटमा भनिएको छ।