वीरगन्जको विजयी सुरुवात

वीरगन्जको विजयी सुरुवात

वीरगन्ज : दोस्रो टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगन्ज ११ ले विजयी सुरुवात गरेको छ। शनिवार देखि शुरु भएको विशाल मेमोरियल गोल्डकप फुटबलको उद्घाटन खेलमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लबलाई पराजीत गर्दै आयोजक वीरगन्जले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

नारायणी रंगशालामा भएको उद्घाटन खेलमा कोलकत्तालाइ ट्राइबेकरमा ४–१ गोलले पराजित गरेको वीरगन्जले  सेमिफाइनलमा पनि स्थान पक्का गरेको छ। निर्धारित समयको खेल गोल रहित बरबारीमा सकिभएपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट गरिएको थियो।

 ट्राइबेकरमा वीरगन्जका लागि कप्तान कृष्ण शाक्य, कृपाकान्त चौधरी , अहुज सिंह र शीशम थापाले गोल गरेका हुन्। कोलकत्ताका लागि भने एक मात्र सान्तवना गोल क्षिभर लकराले गरे। तर, कोलकत्ताका शुभांकर दास र तान्मय घोषले प्रहार गरेको बल, वीरगन्जका गोल रक्षक दिपेश यादवले उत्कृष्ट बचाउ गर्दै जाली भित्र छिर्न नदिएपछि वीरगन्जले जित हात पारेको हो।

यसअघि निर्धारित समयको खेलको पहिलो हाफमा कोलकत्ता माथि वीरगन्ज हाबी भएको थियो। तर, दोश्रो हाफामा लयमा फर्किएका कोलकत्ताका खेलाडीहरुले वीरगन्जको गोल पोष्टमा गोल गर्ने आधा दर्जन अवसर पाएपनि गोलरक्षक दिपेश यादवले कोलकत्ताको प्रयास विफल पारि दिएका थिए।  

 शनिवार भएको उद्घाटन खेलको म्यान अफ दी म्याच वीरगन्जका गोलरक्षक दिपेश यादव नै घोषित भए। उनलाई नगद पाच हजार रुपैया पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा आइतवारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लब बिच हुनेछ। वीरगन्जका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका कुल आठ टिमको सहभागीता छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.