सैनिक जवानमाथि बलात्कार प्रयासको आरोप : स्थानीय आक्रोशित

सैनिक जवानमाथि बलात्कार प्रयासको आरोप : स्थानीय आक्रोशित

सिरहा : शुक्रबार राति सिरहाको मिर्चैया नगरपालिका ७ मा सैनिक जवानले एक किशोरीमाथि बलात्कारको प्रयास गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। 

राति ९ बजेतिर श्रीगोरख गण चोहर्वाका तीनजना सैनिक जवानले किशोरीको बलात्कार प्रयास गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन्। 

राति शाैच गर्न निस्केकी किशोरीलाई सैनिक जवानले जबरजस्ती गर्न खोज्दा ती किशोरी जोडले कराएकी थिइन् । किशोरीको आवाज सुनेर स्थानीय जम्मा भएपछि ती सैनिक जवान भागेका थिए। 

भाग्ने क्रममा एकजना सैनिक जवान दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएका स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएका छन्। 

सैनिक जवानसहित प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीय दिपेश यादव, मुकेश यादव र चन्दन पासमानलाई नियन्त्रणमा लिएपछि स्थानीय आक्रोशित भएका हुन्। 

बलात्कार गर्न खोज्नेलाई बुझाउन जाँदा प्रहरीले उल्टै स्थानीयलाई समातेपछि उनीहरु आक्रोशित बनेका हुन्। 

शनिबार बिहान ९ बजेदेखि दोषीलाई कारबाहीको माग र नियन्त्रणमा लिएकालाई रिहाइको माग गर्दै स्थानीयहरु आन्दोलित भएका हुन्। उनीहरुले पूर्व–पश्चिम लोकमार्गमा चक्का जाम गरी प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन्। 

शनिबार दिउँसो ४ बजे स्थानीय र प्रशासनबीच दोषीलाई कारवाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएका थिए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार पीडितले अहिलेसम्म उजुरी दर्ता गराएका छैनन्। 

उजुरी दर्ताभएपछि कारवाही प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। स्थानीयको कुटपिटबाट घाइते भएका शाहीलाई सैनिकले क्याम्पमा लगिसकेको छ। शाहीको उपचार भइरहेको स्रोतको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.