‘वाइड बडी खरिद प्रकरणमा वर्तमान सरकार दोषी छैन’

‘वाइड बडी खरिद प्रकरणमा वर्तमान सरकार दोषी छैन’

उर्लाबारी :  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन्। 

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उनले यस्तो बताएका हुन्।  ‘काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरिद गर्ने निर्णय भएको थियो’, मन्त्री ढकालले भने।

मन्त्री ढकालले तत्कालीन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा प्रष्ट पारे।

इलाममा अनसनरत डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको आरोप मन्त्री ढकालले लगाएका छन्। 

यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका-१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गरेका छन्। 

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा आज आयोजित कार्यक्रममा उनले हालसम्म १५६ वटा कानुन बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.