नयाँ सदस्य थप्दै कांग्रेस

नयाँ सदस्य थप्दै कांग्रेस

काठमाडौं : कांग्रेसको माघ १० मा बस्ने केन्द्रीय समिति बैठकले नयाँ सदस्यता वितरण अभियान थाल्ने तयारी गरेको छ। महासमिति बैठकले नयाँ विधान पारित गरेपछि कांग्रेसले सदस्यता वितरण सुरु गर्न लागेको हो। १० गतेको केन्द्रीय समिति बैठकले महासमितिबाट पारित विधानसहित अन्य ४ दस्तावेज अनुमोदनसमेत गर्नेछ।

अनुमोदन भएसँगै लागू हुने भएकाले नयाँ विधानको व्यवस्थाअनुसार कांग्रेसले सदस्यता वितरण थाल्न लागेको हो। यसका लागि सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेतासँग अनौपचारिक सल्लाह समेत थालेका छन्। ३ दिनअघि मात्र सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारीको अनौपचारिक बैठक गरेका थिए। बैठकमा नेविसंघमा देखिएको समस्यासँगै आगामी केन्द्रीय समिति बैठकबारे छलफल भएको थियो।

‘सदस्यता वितरणलाई हामीले नयाँ विधानको व्यवस्थाअनुसार अभियानकै रूपमा लैजानेबारेमा छलफल गरिरहेका छौं’, महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘यसबारे केन्द्रीय समितिमा थप छलफल गरेर एउटा निर्णयमा पुग्छौं।’ कांग्रेसको नयाँ विधानअनुसार अब सदस्यता वितरण वडा तहबाटै हुने व्यवस्था छ। वडा कमिटीले सदस्यताका लागि आवेदन संकलन गर्नेछ।

कांग्रेसले प्रशिक्षण र जागरण अभियानसमेत थाल्ने बताएको छ।

पार्टी सदस्यता पाएको एक वर्षपछि हुने नवीकरणअनुसार उनीहरू स्वतः क्रियाशील सदस्य बन्ने व्यवस्था छ। क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि छान्ने भएकाले शीर्ष नेताको चासो र सरोकार केन्द्रदेखि जिल्लासम्मकै नेतासम्म बढी देखिन्छ। यसअघि कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर बारम्बार समस्या उत्पन्न भएको थियो।

सदस्यता वितरणसँगै कांग्रेसले प्रशिक्षण र जागरण अभियानसमेत थाल्ने बताएको छ। यसअघि नै कांग्रेसको नीति तथा प्रशिक्षण प्रष्ठिानले महासमिति बैठकपछि पार्टीको तल्लो तहसम्म प्रशिक्षण अभियान गर्ने तयारी थालिसकेको जनाएको थियो। उपसभापति विमलेन्द्र निधी नेतृत्वको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कार्ययोजनालगायत बनाइसकेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले आगामी केन्द्रीय समिति बैठकले पार्टीको तल्लो तहसम्म अनेकौं अभियान ल्याउने योजना रहेको बताए। ‘महासमिति बैठकका प्रस्ताव, नेविसंघको अन्योल हटाउनेसँगै पार्टीबारे विभिन्न अभियानसमेत आउँदो बैठकबाट निर्णयकै रूपमा आउँछ’, उनले भने, ‘यो कुरा पार्टीको महासमितिबाट समेत आएकाले र शीर्ष नेतासमेत उपस्थित समापन समारोहमा सभापतिले घोषणा गरेकाले त्यो हुन लागेको छ।’  यसअघि पनि कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका केन्द्रीय शीर्ष नेताको सहभागितामा देशव्यापी जागरण अभियान गर्ने निर्णय गरेको थियो। महासमिति बैठकका कारण त्यो अब हुन लागेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.