छाउमुक्त गाउँ घोषणामै

छाउमुक्त गाउँ घोषणामै

जुम्ला : जिल्लाको तातोपानी–४ जयतपुरकी मन्नु कामी महिनावारी (छाउ) हुँदा पाँच दिन अलगै बस्छिन्। छाउ हुँदा घरभित्र बसे देवीदेवता लागेर अनिष्ट हुन्छ भन्ने डरका कारण सोही गाउँकी गोरी रोकाया पनि पाँच दिनसम्म गोठमै बस्छिन्। गाउँका सयौं महिला तथा किशोरी छाउ हुँदा घरमा बस्दैनन्।

जयतपुर गाउँ ६ महिना अघि नै छाउगोठ मुक्त घोषणा भएको हो। सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिको सहभागितामा छाउगोठ मुक्त गाउँ घोषणा गरे पनि यो कागजमै सिमित छ। जुम्लाका आठ स्थानीय तहका २ सय १८ गाउँबस्तीमध्ये हालसम्म १७ बस्ती छुईगोठ मुक्त घोषणा भइसकेका छन्।

तर ति बस्तीको घोषणा कागजमै सिमित छन्। कागजमा छाउगोठ मुक्त गाउँ बनाइए पनि गाउँबस्ती अहिले पनि छुईयुक्त नै छन्। छाउगोठ मुक्त गाउँ हियाखोलाकी देवीकन्या आचार्य गाउँमा छाउप्रथाविरुद्ध कार्यक्रम जति सञ्चालन गरेपनि नागरिकको सोचाइमा परिवर्तन आउन नसकेको बताउँछिन्। ‘छाउ हुँदा घरमा बसे आफन्तले घृणा गर्छन्, गोठमा बसे डरत्रास छ’ उनले भनिन्।

देउडा गीतमार्फत छाउपीडा ब्यक्त गर्दै कोइरेली गाउँका महिला।

जिल्लामा जातियताको आधारमा कतिपय ब्राहमण बस्तीका महिला अहिले पनि छाउ हुँदा सात दिनसम्म घरभित्रको भान्सा छुँदैनन्। ‘संघसंस्था गाउँमा आउँदा छाउ मान्दैनौं भन्छौं, तर समाजमा छाउ मान्नै पर्छ’, सिंजाकी कविता उपाध्यायले भनिन्, ‘गाउँमा छाउ मान्नेको संख्या धेरै छ, एक दुईजनाले नमान्दैमा आफैं अप्ठ्यारोमा परिन्छ।’

पातारासीको किशोरी बिमला बुढाले पनि आफू महिनावारी हुँदा चिसो छाउगोठमा सकसपूर्ण रात काट्नु परेको बताइन्। छाउप्रथाविरुद्ध अभियानका नाममा जिल्लाका सरकारी तथा गैरसरकारी निकायबाट खर्च भएको लाखौं रकम बालुवामा पानी खन्याएझैं भएको छ। जिल्लामा यस्ता अभियान सञ्चालन गर्ने दर्जनौं संघ संस्था छन्। तर छाउगोठ मुक्त गाउँ घोषणा र कार्यक्रमले समाजमा विद्यमान कुसंस्कार र रुढिबादी मान्यता हटेको छैन। महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले भनिन्, ‘जबसम्म सबै नागरिक समेत र सक्षम हुँदैनन्, तबसम्म समाजमा जरो गाडेर स्थापित भएका यस्ता समस्या समाधान हुन सक्दैनन्।’ अन्ध विश्वाससँग विभिन्न डर, भय जाडेर गलत परम्परा समाजले बलियो पारेको उनको भनाइ छ।

छाउप्रथा मान्ने जो सुकैलाई कानुनी उपचार गर्ने सरकारका नीति तथा कार्यक्रम छन्। तर कार्यान्वयन नहुँदा छाउ गोठमै बसेर चिसो र फोहोरका कारण जुम्लाका हजारौं महिलाको पाठेघर खसेको छ। ‘अहिले मान्छे सचेत हुँदैछन्, परिवर्तन विस्तारै हुन्छ’, सर्वोदय नेपालका छाउगोठ मुक्त अभियान्ता कमलराज खत्रीले भने, ‘हाम्रो अभियान जारी छ, देखिने गरी नतिजा आउन समय लाग्छ।’ आफ्ना छोरीचेली छाउ हुँदा घरभित्र बस्ने वातावरण मिलाउन तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायको आग्रह छ।

‘छाउगोठमा बसेकै कारण महिलाहरू बलात्कारदेखि हत्याको सिकार हुनुपरेको छ, जिवजन्तुको डर उत्तिकै छ’, उनले भनिन्, ‘आफ्ना छोरीचेली घरमै सुरक्षित नभए अन्त कहाँ होलान्, यसमा पालिका गम्भीर छ।’ छुईप्रथालाई समाजबाट मुक्त गर्ने अभियानमा जिल्लाका सबै जनप्रतिनिधि जुटेका छन्। तर छाउप्रथा न्यूनिकरण गर्न धामीझाक्री र देवीदेवता मान्ने धार्मिक आस्थावान व्यक्ति मुख्य चुनौतिको रूपमा खडा भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.