धादिङको हुग्दीखोलामा बस दुर्घटना, एकको मृत्यु

धादिङको हुग्दीखोलामा बस दुर्घटना, एकको मृत्यु

हुग्दीखोला (धादिङ) : पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्डअन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९, हुग्दीखोलामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।अर्का एकजना घाइेत भएका छन्। 

बा २ ख ४६८३ नम्बरको बस सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको जोगीमारा प्रहरीले जानकारी दिएको छ। आइतबार बिहान २ बजेतिर हुग्दीखोला पुल नजिक पुग्दा आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको थियो। दुर्घटनामा बर्दिया गेरुवा गाउँपालिका-२ बस्ने १८ वर्षीय नरेन्द्र थारु चौधरीको मृत्यु भएको हो। 

बायाँ खुट्टामा गम्भीर चोट लागेका चौधरीको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा सोही ठाउँ बस्ने बलबहादुर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। बसमा ३९ जना यात्रु सवार थिए।

राति २ बजेतिर भएको दुर्घटनाका कारण पृथ्वीराजमार्ग ३ घण्टा अवरुद्ध भएको थियो। सडकमै पल्टिएको बस साइड लगाएर बिहान ५ बजेबाट सवारी आगमन सूचारु भएको प्रहरीले जानकारी दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.