कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ

कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ

जनकपुर : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कार्यकक्षमै बोलाएर सचिवमाथि दुर्व्यवहार गरेका छन्। 

मन्त्री यादवले दुर्व्यवहार गरेका सचिवलाई तत्काल पक्राउ गर्न उल्टै प्रहरीलाई निर्देशन दिएका छन्। मन्त्रीको निर्देशन लगत्तै पत्रकारसँग रोइरहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले पक्राउ गरेको छ। 

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। 

सचिव झाले मन्त्रीको कुटाई खाँदा सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा थिए। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ। 

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको हो। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

कार्यकक्षमै मन्त्रीले सचिवलाई हाने झापड 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.