भीरबाट लडेर महिलाको मृत्यु
जाजरकोट : भीरबाट लडेर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ। दाउरा काट्न जंगल गएको बेला भीरबाट लडेर बारेकोट- ९ काप्तीकी ३५ वर्षीया गोरी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाउरा गएकी नेपाली अबेरसम्म घर नफर्केपछि जंगलमा खोज्न जाँदा उनी मृत अवस्थामा आइतबार फेला परेकी हुन्। प्रहरीका अनुसार उनी दाउराको भारीसँगै चिप्लिएर दुई सय मिटर तल खसेकी थिइन्।
उनको घटना स्थलमै मृत्यु भएको हो। जाजरकोटमा भीरबाट लडेर एक वर्षको अवधीमा १४ जनाको मृत्यु भैसकेको छ।