सेयर बजार घट्यो

सेयर बजार घट्यो

काठमाडौं : धितोपत्र बजारमा साताको सुरु दिन आइतबार सेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । 

यस्तै 'क' वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ। स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता सेयर ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए। 

कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहको सेयर वृद्धि भएको छ। यस्तै आठ उपसमूहको सेयर कारोवार भने घटेको छ। स्टककाअनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ विन्दुले बढेका छन्। यस्तै बैंकिङ क्षेत्र छ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत् पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बीमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बीमा ११ दशमलव १८ विन्दुले घटेको छन्। 

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, तिनाउ विकास बैंकका शेयरधनीका कारोबार भने बढेको छ। यस्तै भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयरधनीको कारोबार आज घटेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.