महिला टीट्‍वेन्टी क्रिकेट : नेपाली चेलीको लगातार दोस्रो जित

महिला टीट्‍वेन्टी क्रिकेट : नेपाली चेलीको लगातार दोस्रो जित

काठमाडौं : थाइल्यान्ड महिला टीट्‍वेन्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो। मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो।

नेपालको जितमा रोमा थापाले अविजित २० रन बनाइन्। सीता रानामगरले १६ र ममताकुमारी चौधरीले अविजित नौ रन बनाएका थिए। बलिङमा मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एकएक विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो। मलेसियाकी सिओ जीन यीले १२ र यु श्रीना याकोपले ११ रन बनाए। अन्य ब्याट्सवुमनले दोहोरो अंकको रन जोड्न सकेनन्। मलेसियालाई सस्तोमा समेट्न नेपाली सरिता रानामगर एक्लैले चार विकेट लिइन्। नेरी थापा, इन्दु बर्मा र कविता कुँवरले एकएक विकेट झारेका थिए।

नेपालले समूहमा लगातार दुई खेल जितपछि चार अंक बनाएको छ। मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बलियो बनेको छ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सोमबार यूएई र बुधबार आयोजक थाइल्यान्ड एसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह ‘बी’ मा आइल्यान्ड बी, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.