कुखुराका चल्ला बरामद
मलंगवा : भारतबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेका कुखुराका १७ सय अवैध चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार राति साढे ९ बजेतिर गोडैता नगरपालिका- १२ मधुबनि नाकाबाट डिएलसिएनबि ०६९९ नम्बरको स्करपियोमा चल्ला लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।
नियन्त्रणमा लिएका चल्ला र गाडीलाई जिल्ला पठाइएको प्रहरीले जनाएको छ।