अनुमतिबिनै सीसी क्यामरा जडान

अनुमतिबिनै सीसी क्यामरा जडान

जुम्ला : जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्था र निजी क्षेत्रले अनुमतिबिनै धमाधम सीसी क्यामरा जडान गर्दै आएका छन्। सीसी क्यामरा जडान तथा कार्यविधि २०७२ अनुसार जुनसुकै संघसंस्था वा निजी क्षेत्रमा सीसी क्यामरा जडान गर्नु पूर्व अनिवार्य जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ। तर कसैले पनि हालसम्म अनुमति लिएका छैनन्। जिल्लाका अधिकांश स्थानीय तहका कार्यालयदेखि वित्तीय संस्था र ठूला व्यापारीले सीसी क्यामरा जडान गरेका छन्।   

सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले भने, 'कुन प्रयोजनले सीसी जडान गर्न लागिएको हो, त्यसको पूर्ण विवरण खुलाई अनुमति लिनुपर्छ, तर कार्यालय, घर, व्यापारिक पसलदेखि उद्योगमा अनुमतिबिनै सीसी राखिएका छन्।'

यसरी संचालन गरिएका सीसी क्यामरामा कुनैपनि व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले फुटेज रेकर्ड गरेको पाइएमा विधुतीय कारवाही ऐन २०६३ अनुसार जोसुकैलाई सजाय हुने उनले बताए। आइतबार प्रशासनले सरोकारवालासँग छलफलको आयोजना गरी अनुमतिबिनै सीसी क्यामरा जडान गर्ने सबै निकाय तथा व्यक्तिलाई नियमनमा ल्याउने बताएको छ।

प्रशासनले यस विषयमा अबको केही दिनभित्र संयुक्त बजार अनुगमन गर्ने तयारी समेत गरेको छ। अनुगमनको क्रममा अनुमतिबिना सीसी जडान गरेकालाई अनिवार्य अनुमति लिन लगाउने र सीसी जडान नगरेकालाई जडान गर्न लगाउने डीएसपी सिताराम रिजाललले बताए। 'जिल्लाको शान्ति सुरक्षा र अपराज नियन्त्रण गर्न महत्वपूर्ण कार्यालय, व्यापारिक केन्द्र तथा सार्वजनिक स्थलमा सीसी राख्न जरुरी छ', उनले भने, 'संभव हुनेले व्यक्तिगत सुरक्षाका लागि पनि घरमै सीसी जडान गर्न सक्छन्।'
   
व्यापारी कृष्ण बोहोराले आफूहरुले थाहा नपाएका कारण प्रशासनबाट अनुमति नलिएको बताए। 'पहिले यस विषयमा कसैले जानकारी दिएनन्, अरुले जसरी सीसी जडान गरे हामीले पनि त्यसरी गर्‍यौं, उनले भने। नेपालमा सीसी टीभी जडान तथा कार्यविधि २०७२ मै बनाइए पनि यस विषयमा भने जुम्लामा पहिलो पटक छलफल भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.