सुन तस्करीमा कमजोर अनुसन्धान

सुन तस्करीमा कमजोर अनुसन्धान

सिरहा : सिरहामा शनिबार पौने २ किलो सुन तस्करीमा वडाध्यक्षसहित ६ जना पक्राउ परेको घटनामा सशस्त्र प्रहरीको अनुसन्धान फितलो देखिएको छ। एकै पटक ६ जना सुनसहित पक्राउ परेको घटनामा संगठित अपराधको पनि मुद्दा चल्थ्यो तर, राजस्व अनुसन्धान कार्यालयमा बुझाएकोले राजस्व चुहावटको मुद्दा मात्रै चल्ने देखिएको छ। 

सुनसहित पक्राउ गरेकालाई आइतबार जिल्ला अदालतबाट ७ दिनका लागि राजस्व चुहावट मुद्दामा म्याद थप गरिएको सेस्तेदार नरेन्द्र खतिवडाले जानकारी दिए। उनीहरूमाथि राजस्व अनुसन्धान कार्यालय इटहरीले मुद्दा दर्ता 
गराएको छ। 

सिरहा प्रहरी प्रवक्ता डिएसी माधवराज खरेलले भने, ‘५/६ जना मिलेर सुनको कारोबार गरेको देखिएको छ भने त्यसमा संग्लनलाई संगठित अपराधमा थप अनुसन्धान गर्न सकिन्छ ।’ सशस्त्रले यसमा संगठित अपराध देखाई नेपाल प्रहरीलाई बुझाएको भए कारबाही बढाउन मिल्ने खरेलले बताए । 

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ गणबाट खटिएको सशस्त्र टोलीले गोलबजार नगरपालिका ९ स्थित पूर्वपश्चिम मार्गको घुर्मीपुलबाट एक किलो ७ सय ५७ ग्राम सुनसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लहान नगरपालिका १९ का वडाध्यक्ष मोहम्मद हकिम सोही वडाका मोहम्मद रियाज, मोहम्मद अमिरुल, कैयुम राइन, मोहम्मद रहमान र सप्तरी खड््ग नगरपालिका–३ का मोहम्मद अफरोज छन््।
प्रहरीले आफूलाई गाडी चालक भनेर दाबी गर्ने रियाजको साथबाट ४ थान बाला र ३ वटा काचो सुनको ढिक्का, अमिरुल र कैयुमको साथबाट ५० ग्रामको एक÷एक वटा बाला, ३४ हजार ५ सय नगद र ६ थान मोबाइल सेट बरामद गरेको छ। बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियोमा सवार भई सुन लिएर काठमाडौंबाट लहानतर्फ आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

बरामद सुन ज्वेलरी र साइन इन्टरनेसनल गोल्ड एन्ड डाइमन्डस दोहा कतारबाट खरिद गरिएको बिलमा उल्लेख छ। हजरत अली, आस मोहम्मद, जागेश्वर मण्डल, हरिवंश मण्डल, मोहम्मद आसिम, अमान्त हुसैन र समसुल मियाँको नाम बिलमा उल्लेख छ।  
बरामद कच्चा सुन, नगद तथा स्कार्पियो गाडी एक करोड २१ लाख ९३ हजार ४ सय ६४ रुपैयाँको मूल्यांकन गरी सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको थियो। राजस्व अनुसन्धानमा बुझाउँदा सुनको मूल्यबाट १० प्रतिशत कमिसन पाइने भएकाले नेपाल प्रहरीलाई सशस्त्रले बाइपास गरेको स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.