प्रदेशलाई पंगु बनाएर अधिनायकवाद ल्याउन खोजियो : निधी

प्रदेशलाई पंगु बनाएर अधिनायकवाद ल्याउन खोजियो : निधी

दैलेख : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्याका दोषी पत्ता लगाउन वर्तमान सरकार असफल भएको बताएका छन्। पूर्व गृहमन्त्री निधीले घटनामा संलग्न मुख्य आरोपी पक्राउ नगरी निर्दोषलाई दु:ख दिइरहेको आरोप लगाएका छन्। 

शान्ति, सुरक्षा र अपराध नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताउँदै अहिलेको सरकारले अधिनायकवादी र तानाशाही व्यवहार प्रकट गरेको कारण जनताहरु अन्यायमा परेको उनको धारणा छ।

सोमबार प्रेस युनियन दैलेखको अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता निधीले लोकतन्त्र र प्रेस पर्यायवाची भएको भन्दै अहिलेको कम्युनिस्ट सरकारले प्रेस स्वतन्त्रताको अपहरण गर्न खोजेकाले यसको रक्षा कांग्रेसले मात्र गर्न सक्ने दावी गरेका छन्। 

उनले अहिलेको शासन प्रणालीमा देश र जनताको पक्षमा वर्तमान सरकारले काम गर्न नसकेको बारे चौतर्फी आलोचना भैरहदा यसको विरुद्धमा अब कांग्रेस सम्वद्ध शुभेच्छुक,नेता कार्यकर्ता, नागरीक समाजलगायत सबैलाई अगाडी बढ्नुपर्ने उद्घोष पनि गरेका छन्। 

केन्द्र सरकारले प्रदेश सरकारलाई ओझेलमा पारेर संविधान विपरित कार्य गरेकोले प्रदेश सरकारलाई पनि स्वायत्तता प्रदान गर्नुपर्ने उनले माग गरेका छन्। 'संघीयतालाई खतरामा पार्नु भनेको संविधानलाई खतरामा पार्नु हो,' उनले भने, 'प्रदेश सरकारलाई पंगु बनाएर कम्युनिस्ट अधिनायकवादी सरकारले एकदलीय व्यवस्था स्थापित गर्न खोजेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.