मन्त्रीबाट कुटिएका सचिवको कस्तो छ अवस्था ? चिकित्सक यसो भन्छन् (भिडियो)

मन्त्रीबाट कुटिएका सचिवको कस्तो छ अवस्था ? चिकित्सक यसो भन्छन् (भिडियो)

जनकपुर : आफूले भनेको योजना नपारिदिएको भन्दै प्रदेशका मन्त्रीले सचिवलाई कुटपीट गरेको घटना अहिले चर्चामा छ। आइतबार प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटेका हुन्।

मन्त्री नजिकको एक गैह्रसरकारी संस्था (एनजीओ) लाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमै बोलाएर आफूलाई कुटपिट गरेको सचिव झाको भनाइ छ। 

प्रदेश सरकारले उक्त घटनाको छानबिन गर्न आर्थिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा छानबिन समिति बनेको छ।

सचिव झा उपचारपछि घर फर्केका छन्। सचिव झाले उपचार गराइरहेको केयर मेडिकल हलका हाडजोर्नी विशेषज्ञ डा. अभिषेक रञ्जनले सचिवको दाहिने हातको औँला सुन्निएको तथा चड्कन हानिएको गालामा पनि मुखभित्र मासु सुन्निएको बताएका छन्। डा. रञ्जनका अनुसार रातिदेखि झाको रक्तचाप उच्च छ।

भिडियोमा हेर्नुस् छानबिन समितिका संयोजक मन्त्री यादव र उपचारमा संलग्न डा. रञ्जन के भन्छन् ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.