लागुऔषध र कुखुरा चल्ला बरामद

लागुऔषध र कुखुरा चल्ला बरामद

सिरहा : सिरहा प्रहरीले सोमबार जिल्लाको फरक फरक स्थानबाट लागुऔषध र भारतबाट नेपाल तस्करी भइरहेका कुखुरा समातेका छन् । प्रहरीले मिर्चैया नगरपालिका ७ फुलबरियाबाट चेकजाँचको क्रममा सोही नगरपालिका ६ का २१ वर्षीय विष्णु यादवलाई लागुऔषध सहित पक्राउ गरेको छ । 

 स६प २०६९ नम्बरको मोटरसाइकलमा सवारी भइ आइरहेका यादवलाई रोकी चेकजाँच गर्दा उनको साथबाट डाइलेक्स डिसी ९४ बोतल, नाइट्रोजन ट्याब्लेट १३ पिस, रिडले ट्याब्लेट ३ पिस तथा १३ हजार ३६५ नेपाली रुपैयाँ बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका यादवलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी गराए ।

त्यसैगरी प्रहरीले सीमावर्ती क्षेत्र सिरहा नगरपालिका १५ बुधौराबाट अवैध रुपमा नेपाल भित्रयाइरहेका कुखुरा चल्ला बरामद गरेको छ । प्रहरी टोलीले बा१७च १२४ नम्बरको म्याजिक गाडी रोकी चेकजाँच गर्दा बिल भरपाई बिना अवैध बोयलर कुखुराको १४ सय वटा २ लाख बराबरको चल्ला भेटिएको थियो ।

म्याजिक र चल्लासहित सिरहा नगरपालिका १ बस्ने २३ वर्षिय सन्तोष यादवलाई पनि पक्राउ गरेको छ । थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएको प्रहरी प्रवक्ता डीएसपी खरेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.